बुद्वभुमिको राजपुरमा पैरवी समूह गठन

मेचीकाली संवाददाता

२९ चैत्र २०७८, मंगलवार
432 shares

रामबहादुर गन्धर्व
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिका–५ राजपुरमा मंगलबार एक दिवसीय नेतृत्व बिकास तालिम सहित जेसिपिटुपि पैरवी समूह गठन भएको छ ।
लैङ्गीक समानताको समावेशी प्रबर्द्धन हुने गरि विभिन्न जातजाति, उमेर समूह, लिङ्ग, अपांग बर्ग समेट्ने उद्देश्यका आयोजित सस्थाले पुष्पा परियारको अध्यक्षतामा ११ सदस्यीय जेसिपिटुपि पैरवी समूह गठन गरेको छ ।

जसको उपाध्यक्षमा जफर हुसेन गद्दी, सचिवमा इसरार अहमद मुसलमान, कोषाध्यक्षमा आरती धोबी रहेका छन् भने सदस्यहरूमा मोहन कुँवर, सरिता घिमिरे, झबिन्द्र बहादुर के.सी., प्रकाश कँुवर क्षेत्री, गोपाल सुनार, अहमद अलि फकीर र सीता कुँवर रहेका छन् । ३५जना सहभागी रहेको तालिमको सहजीकरण रामदेव पासी र माया नेपालीले गरेका थिए।दलित सशक्तीकरण संस्थाको आयोजना र बुद्ध भुमि नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा वडा न. ५ का अध्यक्ष बेचनप्रसाद यादवको प्रमुख आतिथ्यता, फागु प्रसाद धोवी, सरस्वती कँुवरको बिशिष्ट आतिथ्यता रहेको थियो ।

विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रम अनिता श्रीमालको स्वागत र संस्थाका अध्यक्ष डम्बरसिंह सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।