फर्साटिकर सिद्दार्थमा ” student day ” कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२९ चैत्र २०७८, मंगलवार
632 shares


तुलसीराम पौडेल
फर्साटिकर, चैत २९
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलले ” student day” कार्यक्रम सम्पन्न गरेको छ।
सो अवसरमा विद्यालयका विभिन्न गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमको नृत्य ,गायन ,वाचन लगायत प्रस्तुत गरेका थिए ।
कक्षा -९ का छात्रा दिव्या डुम्रेको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालिकराम अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सियारी प्याब्सन अध्यक्ष लोक शर्मा बस्याल ,विद्यालयका प्राचार्य डिल्लीराम पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक ऋषिराम बस्याल ,पुर्व प्राचार्य तारा सुवेदी ,विद्यालय संचालक समितिका पदाधिकारीहरु केशव अधिकारी ,दया अधिकारी लगायतको आतिथ्यता रहेकोे थियो ।