सियारी गाउँपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीता सम्बन्धि रणनीति तर्जुमा गर्दै

मेचीकाली संवाददाता

१ बैशाख २०७९, बिहीबार
403 shares

तुलसीराम पौडेल
सियारी, चैत ३०
रुपन्देहीको सियारीगाउँपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीता सम्बन्धि ५ बर्षे रणनीति तर्जुमा गर्दै छ । सियारी गाउँपालिकाको आयोजना ,लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिस्ठान नेपालगन्जको आर्थिक तथा प्राविधिक सहयोगमा भर्टेक्स कन्सल्ट प्रालि काठमाडौको सहजीकरणमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि ५ बर्षे रणनीति योजना सम्बन्धि कार्यक्रम तर्जुमाको प्रारम्भिक कार्यक्रम सम्पन्न भएको छ। उक्त रणनीति योजनाको दूर दृष्टि लैङ्गिक मैत्री ,समावेशी ,स्वालम्बी र आत्मनिर्भर समाज ,खुशी सुसंकृत तथा समृद्ध सियारीको मूल आधार प्रस्ताव गरिएको छ। कार्यक्रमको सहजीकरण प्रमुख प्रशिक्षक GEST EXPERT सन्जु लामिछाने ए प्रशिक्षक GEST EXPERT आशिक रणपालले गर्नुभएको थियो । कार्यक्रम गाउपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा उपाध्यक्ष, वडा अध्यक्षहरू,कार्णपालिका सदस्यहरू,विषयगत शाखाका प्रमुखहरूको सहभागिता उपस्थिति थियो ।