सियारीमा दोस्रो चौमासिक समिक्षा एवं शुभकामना आदानप्रदान

मेचीकाली संवाददाता

१ बैशाख २०७९, बिहीबार
410 shares


तुलसीराम पौडेल —
सियारी,चैत ३०

रुपन्देहीको सियारी गाउपालिकामा गाउपालिकाबाट संचालन भएका सम्पूर्ण कार्यक्रमहरुको दोस्रो चौमासिक प्रगति समिक्षा तथा प्रतिवेदनको सार्वजनिकरण एवं नया बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सम्पूर्ण शाखाका प्रमुखहरुले आ – आफ्नो शाखाका दोस्रो चौमासिक प्रगति एव गतिविधि प्रस्तुत गरेका थिए ।कार्यक्रममा नया बर्ष २०७९ को शुभकामना आदानप्रदान पनि गरिएको थियोे ।
गाउपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको अध्यक्षता, गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउपालिकाका सम्पूर्ण शाखाका प्रमुखहरु,,कर्मचारीहरु,कार्यपालिकाका सदस्यहरु लगायतको उपस्थिति रहेकोे थियो ।कार्यक्रमको संचालन प्रशासन प्रमुख चिरञ्जीवी गौतमले गर्नुभएको थियो ।