कपिलवस्तु प्रहरीद्धारा चैत महिनाको घटना विवरण सार्वजनिक

मेचीकाली संवाददाता

३ बैशाख २०७९, शनिबार
509 shares

पार्वती आचार्य
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चैत महिना भरी भएका कार्य बिवरण सार्वजनिक गरेको छ । बैशाख २ गते पत्रकार भेटघाट कार्यक्रम गर्दै अपराध अनुसन्धानका घटनाहरुको विवरण सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयमा चैत महिनामा बिभिन्न शिर्षकमा ६९ मुद्दा दर्ता भएका छन् ।

जसमा ३८ मुद्दा फैसला भएका छन् भने ३१ मुद्दा पर्छौटको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए । बिभिन्न ६९ घटनाका मुद्दा बाट ६० जना फरार प्रतिवादी पक्राउ गरि कानुनी प्रक्रिया अगाडी बढाईएको छ भने २३ जना फरार रहेको हुँदा खोजी कार्य भैरहेको एसपी कार्कीले बताए ।

यस्तै चैत महिनामा भन्सार तर्फ ५२ लाख ६९ हजार ९ सय ११ रुपैया राजस्व संकलन भएको छ । यसैबीच चालु आर्थिक वर्षको चैत महिनासम्ममा जम्मा भन्सार राजस्व ६९ करोड १८ लाख ५५ हजार ९९ रुपैया र नदिजन्य पदार्थको राजस्वमा ७५ हजार रकम संकलन भएको छ ।

यस महिनामा झुण्डी आत्महत्या ७ र बिष सेवन गरी ७ जना सहित आत्महत्या गर्नेको संख्या १४ रहेको तथ्याङ्कमा उल्लेख छ । आत्महत्या गर्नेमा सबै तराई क्षेत्रका नागरिक रहेको एसपी कार्कीले बताए । यसैगरी लागु औषधका घटनामा १८ जना नागरिक पक्राउ परेका छन् । जस मध्ये १२ गाम्र ४०४ मिलीगाम्र ब्राउन सुगरसहित ८ जना र नाईट्राभेट १२५ सय ट्याब्लेट र स्पास्मो ५०१ क्याप्सुल कोरेक्स १०० यमआई १ सिसी सहित १० जना पक्राउ परेका छन ।

जिल्लामा महिला तथा बालबालिका सम्बन्धी उजुरी ४२ वटा परेका छन् जसमा ३२ वटा मिलापत्र भए भने बाँकी १० वटा रहेको तथ्याङ्कमा छ । यस्तै ठाडो उजुरी तर्फ १ सय ८५ उजुरी परेका थिए सो मध्ये १ सय १२ वटा उजुरी मिलापत्र भए भने ७३ वटा उजुरी प्रक्रियामा रहेको छ ।

यस्तै चैत महिनामा गरिएका रचनात्मक कार्यहरु राजमार्ग सुरक्षित र प्रदुषणरहित बनाउनका लागि कपिलवस्तु जिल्ला अन्र्तगत पर्ने महिन्द्र राजमार्ग सडकको दुबैतर्फ राखिएका होर्डिङ बोर्डहरु हटाउने कार्यलाई निरन्तरता दिईएको छ । प्रहरिका सहयोगी अन्र्तगत ३५ जना व्यक्तिहरु संग सम्र्पक स्तरको शान्ति सुरक्षको बिषयमा छलफल भएको एसपी कार्कीले बताए ।

यस्तै चैत महिनामा आन्तरिक शुद्धिकरण अन्तरर्गत १७ जना प्रहरी उत्कृष्ट पुरष्कृत भएका छन् । पुरष्कृत हुनेमा प्रहरी निरीक्षक , प्रहरी बरिष्ठ नायव निरीक्षक , प्रहरी नायव निरीक्षक , प्रहरी सहायक निरिक्षक , हवल्दार , प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी गरी १७ जनालाई पुरष्कृत गरिएको छ भने दुई जनालाई सामाजिक संजाल प्रयोग गरेको भन्दै सचेत गरिएको छ ।

सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत पीडित भेटघाट कार्यक्रमलाई प्राथमिकतामा राखि बिभिन्न मुद्दाका २७ जना पीडितहरुलाई भेटी आवश्यक अनुसार सहयोग गरिएको छ । राजमार्ग सुरक्षित र प्रदुषण रहित बनाउन जिल्ला अन्तरर्गत पर्ने महेन्द्र राजमार्ग सडकको दुबैतर्फ बाधाहुनेगरी राखिएका होर्डिङ् बोर्डहरुलाई हटाउन निरन्तरता दिईएको छ ।

जिल्ला प्रहरी कार्यालयको आगामी लक्ष्य ः फरार प्रतिवादीहरुको खोजीकार्यलाई निरन्तरता दिने , सडक दुर्घटना बढ्दै गएको स्थानहरुमा ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने , लामोदुरीको गस्ति बढाउने , आचार संहिताको गर्न र गराउन जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन कार्यालयलाई सहयो गर्ने र स्थानियतहको निर्वाचनलाई भएरहित र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सरोकारवालाहरुसंग समन्वय गर्ने लक्ष रहेको एसपी कार्कीले बताए । पुराना फछ्र्याैट हुन बाकी पेन्डिङ्ग मुद्धामा अनुसन्धान तथा कारवाही, सिमा अपराध नियन्त्रणका लागि एलआरपी तथा प्रहरी क्रियाकलापमा बृद्धि गराउने कार्य योजना तय गरेको छ ।

त्यस्तै आगामी स्थानीय चुनावलाई केन्द्रित गरी सुचना संबेदनशिलतामा थप सुचना संकलन गर्ने, भारतीय नम्बर प्लेटका सवारी साधनलाई भन्सार गराउन आवश्यक कदम चाल्ने र सडक विस्तारमा हटाईएका सिसिटिभी क्यामेरा पुन जोड्ने कार्य योजना बनाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।