स्वर्गिय मंगलकुमार नेपालको शालिक अनावरण

मेचीकाली संवाददाता

३ बैशाख २०७९, शनिबार
480 shares

कपिलवस्तु । वाणगंगा नगरपालिका स्थित कपिलधाममा संस्कृत साहित्यका विद्वान तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका पिता पंण्डित स्वर्गिय मंगलकुमार नेपालको शालिक अनावरण गरिएकोछ । शनिबार कपिल आरोज्ञ मन्दिर कपिलधाममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले नेपालको शालिक अवावरण गरे । त्यस्तै पाल्पामा जन्मीएका पूर्विय साहित्यका अध्येता तथा लेखक स्वर्गिय यादब प्रसाद कोईरालाको शालिकको अनावरण पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले गरेका छन् ।

कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कला, साहित्यको विकाससँगै बुद्धको जन्मस्थल लुम्बिनी सहित बुद्धले ज्ञान प्राप्त गरेको कपिलवस्तुको तिलौराकोट, कपिलधाम, रामग्राम लगायतका पर्यटकीय स्थलको विकासका लागी आफु लागी पर्ने बताए ।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालकी बहिनी बसुन्धरा नेपाल, बाल साहित्यकार जोसिका कडेलले स्वर्गिय मंगलकुमार नेपालको जीवनसम्बन्धी काब्य वाचन गरेका थिए । यस्तै गिता अन्जानले स्वर्गिय मंगलकुमार नेपालको जीवनी संक्षीप्त रुपमा प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा बोल्दै बसुन्धरा नेपालले कपिलधामको प्रचारप्रसारका साथै यस ठाँउको विकासमा ध्यानदिनुपर्ने बताईन् । ऐतिहासिक महत्व बोकेको कपिलधाम अझैपनि पछाडी रहेको भन्दै लुम्बिनीमा कार्यक्रम गर्दा कपिलधाममा पनि प्याकेज ल्याउनुपर्नेमा जोड दिईन् ।

साहित्य तीर्थस्थलका रुपमा विकास भईरहेको कपिलधाममा २२ जनाको प्रतिमा स्थापित भएको छ । मुलुकका विभिन्न क्षेत्रका स्रष्टा, संस्कृतविद्, शिक्षासेवी, योगी, महापण्डित, नेपाली वाङमय र कलासाधनाद्वारा राष्ट्रको गौरब बढाउने व्यत्तीत्वका अर्धकदका शालिक यहा राखिएका हुन् । यहा मुलुक भरिका एक सय एक स्रष्टाको प्रतिमा राख्ने योजना बनाईएको छ ।

कार्यक्रममा बटुकहरुले स्वस्ती वाचन गरेका थिए भने साहित्यक क्षेत्रका स्रष्टाहरुलाई सम्मान गरिएको थियो । कपिलवस्तुका पशुपतिमणि त्रिपाठी, पूर्वी रुकुमका फत्तेकुमारी वली, रोल्पाका कविता उपाध्याय, रुपन्देहीका डिक बहादुर उपाध्याय, गुल्मीका नारायण ज्ञवाली र बाल साहित्यकार जोसिका कडेललाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन लुम्बिनी वाङ्मय प्रतिष्ठानका सचिव रुद्रमणी ज्ञवालीले गरेका थिए ।