नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीद्धारा अपांग आश्रममा खाद्यान्न सहयोग

मेचीकाली संवाददाता

७ बैशाख २०७९, बुधबार
609 shares

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले आफ्नो ३२ औं स्थापना दिवसका अवसरमा अपांग आश्रममा खाद्यान्न सहयोग गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरमा रहेको नेपाल अपांग आश्रममा रहेका अपांगता भएका व्यक्तिहरुका लागि संगठनले खाद्यान्न सामग्री प्रदान गरेको हो ।

बुधबार नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता, नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैरेको प्रमुख आतिथ्यता, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्यद्धय काशीराम आचार्य, नारायण प्रसाद भण्डारी, आधिकारीक ट्रेड युनियनका केन्द्रीय सदस्य मेघदेव पन्त, आश्रमका अध्यक्ष डोलबहादुर रामदाम लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बुधबार नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष खनाल, प्रमुख अतिथी गैरै लगायतले उक्त खाद्यान्न सामग्री आश्रमका अध्यक्ष रामदामलाई प्रदान गरेका हुन् ।

उक्त अबसरमा बोल्दै नेकपा एमाले रुपन्देहीका सचिव गैरेले स्थापना दिवसका अवसरमा अपांग आश्रममा खाद्यान्न सहयोग गर्नु अतिनै महत्वपुर्ण काम भएको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गैरेले फरक क्षमता भएपनि समाजमा नमुना काम गरेर उदारणीय व्यक्ती बन्न सकिने बताए । आश्रममा रहेका अपांगता भएका व्यक्तिहरुलाई दैनिक जिबिकोपार्जनमा थोरै भए पनि सहयोग होस् भन्ने उद्धेश्यले स्थापना दिवसका अवसरमा खाद्यान्न वितरण गरिएको संगठनका अध्यक्ष खनालले बताए । आगामी दिनमा पनि आश्रमलाई सहयोग गर्न संगठन सधै तयार हुने उनले प्रतिवद्धता जनाए ।

आश्रमका अध्यक्ष रामदामले अपांगता भएका व्यक्तिहरुलाई सम्झेर आश्रमसम्म आएकोमा खुशी व्यक्त गरे । फरक क्षमता भएका व्यक्तीहरुलाई आश्रय दिने उद्देश्यले आश्रम स्थापना भएको बताउँदै सामाजिक सहयोग नै मुख्य स्रोत रहेको आश्रमलाई खाद्यान्न उपलब्ध गराउनुका साथै स्थापनाको उत्सव आश्रममा मनाएर नेपाल निजामति कर्मचारी संगठनले अनुकरणीय काम गरेको भन्दै उनले धन्यवाद दिए ।

उपाध्यक्ष विष्णु खनालको स्वागत, केन्द्रिय सदस्य नारायण प्रसाद भण्डारीको शुभकामना तथा सचिव जिवन पौडेलकोे सञ्चालनमा कार्यक्रम भएको हो । कार्यक्रममा संगठनका सदस्यहरुको समेत बाक्लो उपस्थीती रहेको थियो । संगठनले विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु गर्दै आएको छ । २०६७ सालमा स्थापना भएको उतm आश्रममा ३५ जना व्यक्तीहरुले आश्रय लिएका छन् ।