यज्ञोदयमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१० बैशाख २०७९, शनिबार
227 shares


तुलसीराम पौडेल –
फर्साटिकर,बैशाख १०
रुपन्देहीको शुद्दोधन गाउँपालिका -३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारू बहमुखी क्याम्पस तथा क्याम्पसमा दोस्रो बर्षमा अध्यनरत दोस्रो बर्षका विद्यार्थीहरुको आयोजनामा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पसमा संचालक समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि रमेश खनालले उदघाटन गर्नुभएको थियोे ।क्याम्पस अभिमुखीकरण कार्यक्रम अन्तरगत प्राध्यापक दिपक काफ्ले तथा मोतिराज गौतमले क्याम्पसको समग्र भौतिक ,शैक्षिक ,संगठनात्मक गतिविधि स्लाइड द्रारा प्रस्तुति एवं सहजीकरण गर्नुभएको थियो।कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमको गायन एवं नृत्य प्रस्तुत गरेका थिए ।
यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद पौडेलको अध्यक्षता, क्याम्पस संचालक समितिका अध्यक्ष रमेश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्यहरु केशब अधिकारी ,नवलराज भट्टराई लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।कार्यक्रमको संचालन क्याम्पसका प्राध्यापक भेषराज ढकालले गर्नुभएको थियोे ।