स्थानिय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताको अनुगमन

मेचीकाली संवाददाता

१२ बैशाख २०७९, सोमबार
421 shares

कपिलवस्तु । मधेश मानव अधिकार गृह (माहुरीहोम) कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष रामदयाल ठाकुरको संयोजकत्वमा इन्सेक प्रतिनिधी पार्वती आचार्य र महिला अधिकारकर्मी जवाफदेहिता निगरानी समितीका प्रतिनिधी पुष्पा रेग्मीको संयुक्त अनुगमन टोलिले स्थानिय तह निर्वाचन २०७९ को उम्मेदवारी दर्ताको स्थलगत अनुगमन गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार मनोनयन दर्ताको दोश्रो दिन जिल्लाको महाराजगंज, कृष्णनगर, शिवराज बुद्धभूमि, बाणगंगा नगरपालिका र बिजयनगर गाउँपालिकामा स्थल अनुगमन गरिएको छ ।

स्थानिय तह निर्वाचनको उम्मेदवारी दर्ता मनोनयन दर्तालाई सौहाद्र पूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, शसस्त्र प्रहरी प्रमुख शंसेर दलगणका सेनानी र संचारकर्मीहरुको अहम भूमिका रहेको थियो ।

उम्मेदवारी मनोनयन दर्ता सौहाद्र पूर्ण रुपमा सम्पन्न भएको र कहींकतै आचारसंहिता उल्लघंन नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले जानकारी दिए ।