नेकपा एमाले तिलोत्तमा–३ द्वारा बृहत्त मोटरसाईकल र्याली

मेचीकाली संवाददाता

१४ बैशाख २०७९, बुधबार
378 shares

बुटवल । निर्वाचन प्रचार प्रसारका क्रममा नेकपा एमाले तिलोत्तमा वडा नं ३ शाखा कमिटिले बुधबार बृहत्त मोटरसाईकल ¥याली निकालेको छ । उम्मेदवारहरुलाई विजयी बनाउने आव्हान गर्दै तिलोत्तमा ३ सहकारी चोकबाट मोटरसाईकल ¥याली निकालिएको हो ।

¥याली वडाका सवै टोलहरु परिक्रमा गरी तिलोत्तमा स्थित पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख उम्मेदवार मोहन चापागाईले तिलोत्तमाको समग्र विकास, भित्र सडकको स्तरउन्नती, शिक्षाको गुणात्मक विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले बासुदेव घिमिरेले अघि सारेका योजनालाई दिगो बनाउँदै तिलोत्तमालाई राष्ट्रमा चिनाउन गरी नयाँ भिजनका साथ निर्वाचनमा उम्मेदवारी दिएको बताए । ‘तिलोत्तमाको जुन राष्ट्रिय चर्चा छ । त्यो विरासत जोगाउँदै अझ बढि यस क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो । त्यसैले केही नसोची ढुक्कका साथ मत दिनुहोस ।’ उनले भने ।

उपप्रमुखकी उम्मेदवार जागेश्वरी देवी चौधरी नगरबासीका समस्या संग ५ बर्ष नजिक रहेर काम गरेको बताउदै फेरि पनि जनताकै सवक बन्न आफुले उम्मेदवारी दिएको बताईन । उनले तिलोत्तमालाई समुन्नत बनाउँदै महिला, बालबालिका, पिछडिएको समुदाय, बर्गको माथी उठाउन आफुलाई जिताउनुपर्ने बताईन । वडा नं। ३ का वडा अध्यक्ष घनश्याम पौडेल रामुले वडामा भएको सडकलाई स्तरउन्नती, ढल निकास र स्मार्ट वडा बनाउन आफुले उम्मेदवारी दिएकाले विजयी बनाउन मतदातालाई आग्रह गरे ।

कार्यक्रममा सदस्यका उम्मेदवारहरु युवराज पराजुली, शारदा भण्डारी, लक्ष्मी घिले, रुक प्रसाद अधिकारी लगाएतको उपस्थित रहेको थियो । उक्त ¥यालीको संयोजन भुमि प्रसाद सापकोटा, चिन्तामणी भुसालले गरेका थिए । कार्यक्रम नगर सचिव मिन प्रसाद पोखरेलेको सञ्चालनमा सम्पन्न भएको थियो ।