नेकपा एमालेको प्रचारप्रसार कार्यालय स्थापना तथा घर दैलो कार्यक्रम

मेचीकाली संवाददाता

१५ बैशाख २०७९, बिहीबार
458 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ पुरैनीमा नेकपा एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गरि प्रचारप्रसार कार्यालय स्थापना गरेको छ ।

नेकपा एमाले कमेटी शुध्दोधन गाउँपालिका ५ का अध्यक्ष मेयरसिंह थापाको अध्यक्षता, नेकपा एमाले जिल्ला सदस्य शुद्धोधन गाउँपालिका अध्यक्ष पदका उम्मेदवार किसुनचन्द चौधरीको प्रमुख आतिथ्याता, नेकपा एमाले जिल्ला सदस्य शुद्धोधन गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार शान्तादेवी ज्ञवाली र नेकपा एमाले जिल्ला सदस्य शुद्धोधन ५ का वडा अध्यक्ष पुन्नेराम गौतमको विशिष्ट आतिथ्यतामा काार्यक्रम भएको थियो ।

नेकपा एमाले शुध्दोधनका अध्यक्ष विष्णु गौतम, उपाध्यक्ष पदका उम्मेदवार शान्तादेवी ज्ञवाली, अध्यक्ष पदका उम्मेदवार किसुनचन्द चौधरी, शुध्दोधन ५ का वडा अध्यक्ष पुन्नेराम गौतम लगायतले गाउँपालिकामा रहेका अधुरा काम पूरा गर्न र नयाँ निर्माणकार्यको थालनी गरि पुरा गर्न एक पटक पुनः स्थानीयवासीले मतदान गरि सहयोग गर्न आग्रह गरे । नेकपा एमाले कमेटी शुध्दोधन ५ का सचिव चिन्तामणी खरेलको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।