फर्साटिकर सिद्दार्थमा विदाइ कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१९ बैशाख २०७९, सोमबार
434 shares


तुलसीराम पौडेल —
फर्साटिकर, बैशाख १९

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलमा कक्षा -९ का विद्यार्थीहरुको आयोजनामा विदाइ कार्यक्रम सम्पन्न भएको छ। एस . इ . इ. परीक्षामा सहभागी भएका कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच बिदाइ गरिएको हो ।
कक्षा ९ का छात्र किरण बस्नेतको अध्यक्षता, विद्यालयका प्रबन्ध निर्देशक ऋषिराम बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम पौड्यालले फर्साटिकर सिद्दार्थका विद्यार्थीहरुको अहिलेसम्मको गरिमा उच्च रहेकोे र यसलाई कायम राख्न अनुशासित एवं लगनशील भएर अध्यन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।कक्षा ९ का विद्यार्थी रितु पौडेलको स्वागत रहेकोे कार्यक्रमको संचालन दिया डुम्रेले गर्नुभएको थियो ।