लिटिल फ्लावर्स अङ्ग्रेजी माविमामा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१९ बैशाख २०७९, सोमबार
425 shares


तुलसीराम पौडेल
फर्साटिकर, बैसाख १८

रुपन्देहीको शुद्धोधन गाउँपालिका वार्ड न.४ मा अवस्थित लिटिल फ्लावर्स अङ्ग्रेजी माध्यमिक विद्यालयमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।विद्यालय ब्यवस्थापन समिति अध्यक्ष पानकुमार फौदार अध्यक्षता,शुद्धोधन गाउँपालिका शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई मेडल तथा शैक्षिक सामाग्रीहरु पुरस्कार स्वरुप वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्नो सास्कृतिक प्रस्तुति समेत राखेका थिए भने विद्यालयमा अध्ययनरन होटल म्यानेजमेन्टका विद्यार्थीहरुले विभिन्न परिकारको प्रदर्शन गरेका थिए ।
सहायक प्राचार्य इन्द्र क्षेत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक नारायण प्रसाद खरेलले गर्नुभएको थियो ।