कपिलवस्तुमा आइपुग्यो चार लाख मतपत्र

मेचीकाली संवाददाता

१९ बैशाख २०७९, सोमबार
816 shares

कपिलवस्तु । आसन्न स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा ४ लाख मतपत्र सोमबार आइपुगेको छ । मतपत्रसँगै नयाँ थपिएका मतदाताहरुको ६१ हजार बढी मतदाता परिचय पत्र समते आएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थीका अनुसार सोमबार बिहान निर्वाचन आयोगले पठाएको ४ लाख मतपत्र र ६१ हजार बढी नया परिचय पत्र आइपुगेको छ । निर्वाचनमा प्रयोग हुने अन्य सामाग्रीहरु मतदाता नामावली, स्वस्तिक चिन्ह, स्टेम्प प्याड लगातयका सामाग्रीहरु यसअघि नै आइसकेको छ ।

उता जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा १० वटै पालिकामा खुलेको निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारीलाई तीव्रता दिएका छन् । दल तथा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी उनीहरुलाई निर्वाचन चिन्ह समेत प्रदान गरी सकिएको छ ।

बुद्धभूमि नगरपालिका वडा नम्बर ८ मा एमालेका वडाध्यक्षका उम्मेदवार ओम प्रकाश तिवारीको मृत्यु भएकाले त्यसको सट्टा अर्को उम्मेदवारको मनोनयत्र पत्र दर्ता गर्न वैशाख २० गते सम्मका लागि सयम सिमा दिइएको छ ।

प्रमुख निर्वाचन अधिकृत तजेन्द्र प्रसाद शर्मा सापकोटाले निर्वाचनलाई स्वच्छ, मर्यादीत र भयरहीत बनाउन आफूहरुले तयारी गरेको बताए । उनले निर्वाचन आचारसंहिता पालना गर्न दल तथा सबै उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

निर्वाचनको तयारीका लागि हिडेको अनुमगन टोलीले आइताबार क्षेत्र नम्म्बर ३ मा अनुमगनका क्रममा आचारसंहिता विपरीत राखिएका झण्डा, ब्यानर फ्ल्याक्सहरु हाटइएको प्रमुख निर्वाचन अधिकारी शर्माले बताए । कपिलवस्तुमा ५ सय पदकालागि १० पालिकाबाट ३ हजार ५ सय ५२ उम्मेदवार दर्ता भएका छन् ।

जिल्लामा कुल ३ लाख ७३ हजार एक सय मतदाता छन् । १० पालिकामा कुल २ सय ३५ मतदान स्थलमा ४ सय ६८ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा ३७ सय कर्मचारी र ४ हजार बढी सुरक्षकर्मी परिचालन गरिने बताइएको छ ।