![](https://mechikalinews.com/wp-content/uploads/2023/01/eye-1.gif)
![](https://mechikalinews.com/wp-content/uploads/2022/05/279501502_523425199424464_3749787173500385264_n.jpg)
बुटवल । बुटवल उपमहानगरपालिका भित्र नमुना वडाको रुपमा विकास भएको वडा नम्बर १५ को ले स्वाथ्य क्षेत्रमा नमुनायोग्य कामको सुरुवात गर्ने भएको छ । वि.स २०७४ सालबाट वडा अध्यक्षमा निर्वाचित डम्बर बहादुर भण्डारी मगरले वडा लाई नमुना वडाको रुपमा विकास गर्दै आएकाछन् ।
वडामा निःशुल्क खानेपानी विस्तार सहित सडक पुर्वाधार विस्तार तथा स्तरन्नतीको कामलाई तिब्रता दिएका उनले आगामी बर्षमा वडा लाई थप नमुनाको रुपमा विकास गर्ने योजना अगाडी बढाएका हुन । बैशाखा ३० मा सम्पन्न हुन लागेको स्थानिय तह निर्वाचनमा पुःन वडा अध्यक्ष को उमेद्बार बनेका भण्डारीमगरले वडाका सबै बासिन्दाहरुलाई निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने घोषणा गरेका छन् ।
शिक्षा तथा स्वाथ्य क्षेत्रमा उनले हाल स्वाथ्य ईकाई केन्द्रकोको रुपमा रहेको स्वाथ्य केन्द्रलाई स्वाथ्य चौकीमा स्तरउन्नती गर्ने योजना बनाएका छन् । यस्तै वडा भित्र का सबै वासीन्दाहरुलाई आवश्यकता परेको बेलामा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने योजना अगाडी बढाएका छन् । सामुदायिक स्वाथ्य विमा कार्यक्रम लागू गर्ने जसको लागि वडाबाट नै बजेट शुःनिश्चत गर्ने योजनारहेको उनले बताए । आवधिक रुपमा स्वाथ्यशिविर आयोजना गर्ने, आँखा, दाँत,दिर्घरोग, सरुवा रोग आर्दिबाटपिडीतलाई निःशुल्क चिकित्सकीय सेवा प्रदान गर्नेयोजना रहेको उनले बताए ।
उनी भन्छन्– नमुना वडाकोरुपमा विकास भएको बुटवल १५ लाई अझ सवल, सक्षम, समृद्धि वडाकोरुपमा विकास गर्ने गरी योजना हामीले बढाएका छौं। ’ शान्ती सुरक्षाकोलागि वडा भित्र नै प्रहरी चौकी बुथ स्थापना गर्नेदेखि लिएर कृषिमा दक्ष प्राविधिकको व्यवस्था गरी व्यवसायीक कृषि कार्यक्रम सुरुवात गर्ने, मौसम अनुसारका उन्नत जातका विउ, विजन, मल, किटनासक विषादी उपलब्धगराउने योजनासमेत वडा नम्बर १५ को रहेको छ । किसानको आवश्यकता अनुसारको कृषि औजार समेत निःशुल्क उपलब्ध गराउने योजना बनाएका छन् ।
शिक्षा तर्फ उनले वडाका रहेका सामुदायिक तथासंस्थागत विद्यालय संग संमन्वय गरी शैक्षिक उन्नतीका कार्यक्रममा विशेष जोडदिने, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि भौतिक संरचना निर्माणमा समेत जोड दिने उनको प्रतिवद्धता रहेको छ । प्रविधिक शिक्षालाईविशेष जोड दिदै नवरन्त माविलाई उच्च स्तरिय प्राविधिक शिक्षामा जोड दिने, विद्यालय बस समेत सञ्चालन गर्ने योजना बनाईएको उनको भनाई छ । जुन विद्यालयमा हाल विद्यालय स्तरमा प्राविधिक धार तर्फ कृषि९बाली विज्ञान०समुहमा अध्यापन हुदै आएको छ ।
पर्यटनकीय क्षेत्रकोरुपमा रहेको बैठलीया ताललाई जोड्नकोलागि बुटवल देखि तालम सम्म नगरबस सञ्चालन गर्ने, साथै मधैया क्षेत्रमा होमस्टे, होटल तथा रेष्टुरेन्ट, घुम्ती पसल आदी सञ्चालन गर्नकोलागि उत्प्रेरेणा प्रदान गर्ने योजना वडाको रहेको छ ।
वडा अध्यक्ष डम्बर बहादुर भण्डारी मगरको नेतृत्वमा दानव नदी देखि वडा नम्बर १६ को सिमाना सम्म सडक स्तरउन्नी कार्य गरिएको छ भने बुवल १५ उजेलापुरमा सेमलार खानेपानीको लागि जग्गा व्यवस्थापनर ओभरहेड टैंकी समेत निर्माण काम सुरु भएकोछ ।
मुख्य सडकमा विद्युतीय पोल व्यवस्थापन, वडामा ६ वटा नयाँ ट्रान्समिटर जडान समेत गरिएको छ भने १०किलोमिटर भन्दा बढि सडक ग्रोभेलको काम गरिएको छ ।
यस्तै दानव नदी पर्ने उजेलापुर, भाटा, मदैया नमुना टोल, भाटा प्रगती टालमा ३ सय ५० मिटरका दरले तटबन्ध निर्माण सुरुवात भएको छ, जुन निरन्तरता अगाडी बढ्ने छ । आगामी निर्वाचनकोलागि उक्त वडा बाट वडा अध्यक्षकोलागि डम्मबर बहादुर भण्डारी, महिला वडा सदस्यमा लक्ष्मी शर्मा, सदस्यमा खडानन्द सापकोटा, रेशक केसी, दलितवडा सदस्यमा अञ्जली गोतामे चुनावीमैदानमा रहेका छन् ।