आमाको पछि लागेर राजनितीमा होमिएका घनश्याम

मेचीकाली संवाददाता

२० बैशाख २०७९, मंगलवार
620 shares

बुटवल । २०५४ सालमा स्थानिय तहको निर्वाचन हुँदा तिलोत्तमाका घनश्याम पौडेल (रामु) कक्षा ७ मा योगिकुटीको जागृती स्कुलमा पढ्दै थिए । आमा शुभ कुमारी शर्माले एमाले बाट वडा सदस्यको टिकट पाएपछि घरदैलोमा आमा संग पुगेका घनश्याम त्यहि बेला एमाले बारे केही जान्ने र बुझ्ने अवसर पाए । जीवनको चक्र घुमिरह्यो । आमालाई मत माग्दै ०५४ सालको निर्वाचनमा हिडेका उनै घनश्याम ०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा तिलोत्तमा ३ बाट वडा सदस्यमा विजयी बने । अहिले उनी वडा नं. ३ को वडा अध्यक्षका उम्मेदवार बनेका छन् ।

०३८ पुस ४ गते बुवा डिल प्रसाद शर्मा र आमा शुभ कुमारी शर्माको कोखबाट जन्मेका घनश्याम सानो उमेर देखि लगनशिल र मेहनती थिए । योगिकुटीको जागृती स्कुलमा कक्षा १ देखि ८ सम्म पढेका उनले ९ र १० आदर्श विद्या मन्दिरमा पढे । आदर्शमा भर्ना भएपनि उनी धेरै जसो डिङगनरमा रहेको जनज्योति स्कुलमा गएर पढ्थे । ०५७ सालमा एसएलसी सकेपछि केही काम गर्ने योजना बनाए । बुवा आमाको साथ पाए । एसएलसी सक्नसाथ ०५७ सालमा उनले पढ्दै कमाउँदै गर्ने सोचे ।

त्यसपछि पर्वत सेनेटरी उद्योग सञ्चालन गरे । बाणिज्यमा प्लस टु भर्ना भएका उनी व्यापार र अध्यायन संगै लगे । त्यो बेला क्याम्पसमा उनी अनेरास्ववियूकै क्याम्पस कमिटिमा रहेर विभिन्न गतिविधिमा सहभागि भइरहेका थिए । अरुको काम गर्नु भन्दा आफै पौरखले काम गरे सफलता मिल्छ भन्ने सोच्ने घनश्यामले सेनेटरी उद्योग ०६२ साल सम्म गरे । यो पसल छाड्नु अघि उनले पार्टीको सदस्यता लिइसकेका थिए । सेनेटरी उद्योग पछि घनश्यामले रिकन्डीसन सुरु गरे । त्यो केही बर्ष चलाए । हाल उनले कुञ्जल धागो उद्योग सञ्चालन गरेका छन् । ४ करोडको लगानीमा सुरु भएको उनको उद्योगमा अहिले प्रत्यक्ष, अप्रत्यक्ष गरी ५० जनाले रोजगारी पाएका छन् ।

व्यापार व्यवसाय गर्ने क्रममै उनले समाजप्रतिको दायित्व बुझे । समाजमा योगदान दिन विभिन्न समयमा सक्रिय भएर टोलबासीका समस्याहरु संग नजिक बने । ‘जव आफ्नो दायित्व समाजका लागि बुझियो । त्यसपछि सामाजिक कार्यमा अझ बढि ध्यान दिन थाले । समाजमा रहेका हरेक नागरिकका समस्या समधानमा सक्दो पहल गर्न थाले ।’ उनले भने ।

०६४ सालमा डिङनगरमा युवाहरुको मोर्चा समेत समालेका घनश्याम ०७४ सालको निर्वाचनमा वडा नं. ३ बाट खुल्ला सदस्यमा सर्वाधिक मतका साथ विजय भए । वडा बासीका समस्या ५ बर्ष नजिक बाट देखे । कति पुरा गरे । कतिपय समयकै कारण अधुरा पनि रहे । ‘कोभिडले सोचे जसरी काम गर्न दिएन । केही काम बाँकी छन् । त्यहि काम पुरा गर्न अहिले म वडा अध्यक्षको उम्मेदवार बनेको छु ।’ उनले भने ।
व्यवसाय र राजनिती संगै लगेका उनलाई श्रीमती मञ्जु खनालले साथ दिएकी छिन् । बावु आर्जन पौडेल बुवाको सत कर्म देखि खुसी छन् ।
घनश्याम रोटरी क्लव आफ सेन्टर बुटवलको मेम्बर डाईरेक्टर हुन । गौतमबुद्ध मुटु अस्पतालको संस्थापक सदस्य, बुटवल व्याडमिन्टन क्लवको सह कोषाध्यक्ष हुन ।