‘आयु बाबुराम’ उम्मेदवार भएपछि सिंगो बुटवलमा उत्साह

मेचीकाली संवाददाता

२१ बैशाख २०७९, बुधबार
505 shares

‘अस्पतालका डाक्टरहरुले बदमासी गरे वा औषधिमूलो गर्न पैसा भएन भने ‘आयु बाबुराम’कोमा जानु न्याय पाइन्छ भन्ने मान्यता थियो’

बुटवल । ‘आयो एमाले आयो रातो सुर्यलाई लिएर’ बोलको गित सुनेपछि झोलुङगेपुलका प्रेम प्रसाद नेपाल घर वाहिर निस्किए । सयौंको संख्यामा वाजागाजासहित नांच्दै आएका एमाले कार्यकर्ता देखेर बृद्ध नेपाल खुसीले गद्गद् भए । घर अगाडी उभिएका उनलाई नेकपा एमालेका तर्फबाट बुटवलका नगरप्रमुख बावुराम भट्टराईले नमस्कार गरे र भने((मलाई चिन्नु भयो ? बृद्ध नेपाल अलमलमा परे । उनले ठम्याउन नसकेपछि उम्मेदवार भट्टराइले फेरि भने, ‘म आयु बाबुराम भट्टराई’ । बृद्ध नेपालका मुहारमा खुसीको सिमा रहेन । उनले गर्लम्म अंगालो हाले । खासमा उम्मेदवार भट्टराई र बृद्ध नेपालका वीच बर्षौ पुरानो चिनजान रहेछ । नगर प्रमुख पदका उम्मेदवार वावुराम भट्टराई भन्ने सुनेपनि बृद्ध नेपाललाई उनी ‘आयु’ बाबुराम भट्टराई हुन् भन्ने थाहा रहेनछ । चिरपरिचित ब्यक्ति नगर प्रमुखका उम्मेदवार रहेको थाहा पाएपछि बृद्ध नेपाल उम्मेदवारको पछि लागेर घरदैलोमा हिंडे ।

२ दिन अघि अमरपथ क्षेत्रको घरदैलोमा हिंडेका वेला त्यहांका पुराना ब्यवसायि कृष्णध्वज श्रेष्ठसंग उम्मेदवार भट्टराईको भेट भयो । ब्यवसायी श्रेष्ठले पनि उम्मेदवार भट्टराइलाई नचिनेपछि एमाले कार्यकर्ताले ‘आयु’बाबुराम भट्टराई भनेर चिनाएका थिए । ‘आयु’ बाबुराम भट्टराई उम्मेदवार भएको थाहा पाएपछि श्रेष्ठले उनलाई फूलमालाले स्वागत गर्दै शुभकामना दिएका थिए ।

नेकपा एमालेका तर्फबाट बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराई बुटवलका चिरपरिचत ब्यक्ति मात्र होइनन् सफल ब्यवसायि र समाजसेवी पनि हु्न् । उनलाई बुटवल भित्र र वाहिरका अगुवाहरुले ‘आयु’ बाबुराम भट्टराई भनेर चिन्छन् । बुटवलको अस्पताल लाइन पारिपट्टि उनकोे ‘आयु’ मेडिकल हल थियो । आयु मेडिकल हलकै कारण उनलाई आयु बाब्राम भनेर चिन्न थालियो । उक्त मेडिकलमा ३० को दशकदेखि नै भट्टराईले विशेषज्ञ डाक्टरहरुमार्फत सेवा दिने गर्थे ।

‘बुटवल भित्र र वाहिरका अधिकांश नागरिकले बाबुरामको आयु मेडिकलबाटै सेवा लिन्थे’( बरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले भने । बुटवलको आधा भन्दा बढी जनसंख्याले आयु मेडिकलबाटै स्वास्थ्य सेवा लिन्थे । अत्यन्तै सरल स्वभावका भट्टाई स्वास्थ्यकर्मी पनि हुन् । उनले सरकारी अस्पतालका विकृति विसंगति र स्वास्थ्यकर्मीका अधिकारका लागि थुप्रै आन्दोलनहरुको नेतृत्व समेत गरे ।

‘गुल्मी,अर्घाखांची,पाल्पा र स्याङ्जाबाट उपचारका लागि आउने सयौं बिपन्न नागरिकको निशुल्क उपचार गरेर पठाउंथे’(( बुटवलका पुराना ब्यवसायी मोति पाण्डेले भने । बाबुराम अगाडी भएको ठाउंमा पैसाको अभावले कसैले ज्यान गुमाउनु पर्दैनथ्यो । अस्पताल भित्र स्वास्थ्यकर्मीहरुले लापर्वाही गरेको,विपन्नहरुको स्वास्थ्यउपचारमा असहयोग गरेको थाहा पाउने वित्तिकै अस्पतालभित्र पसेर ब्यापक दवाव सिर्जना गर्थे । ‘ अस्पतालका डाक्टरहरुले बदमासी गरे वा औषधिमूलो गर्न पैसा भएन भने ‘आयु’ बाबुरामकोमा जानु न्याय पाइन्छ भन्ने मान्यता थियो ।

स्वास्थ्य क्षेत्रमा अगुवाई गर्दै आएका उनलाई २०६१ सालमा सरकारले लुम्विनी अञ्चल अस्पतालको अध्यक्षमा नियुक्त गरेको थियो । आफ्नो कार्यकालमा उनले अस्पतालको आमूल परिवर्तन गरे । लुम्विनी अञ्चल अस्पतालकी तत्कालीन स्वास्थ्यकर्मी सकुन्तला आचार्य भन्छिन्(( ‘लुम्विनी अस्पतालको सुधारमा बाबुराम दाइको जस्तो योगदान अरु कसैको छैन’ ।

बुटवलका पुराना पुस्ता र ब्यवसायी बृत्तमा ‘आयु’ बाबुराम नगर प्रमुखका उम्मेदवार भएको खवरले उत्साह छाएको छ । बुटवलको मुटुमा बसेर समाजसेवा गरेका ब्यक्तिलाई एमालेले उम्मेदवार बनाएको प्रति बुटवलका पुराना कांग्रेसहरुले समेत गौरवको विषय भनेका छन् । कांग्रेस समर्थित एक ब्यवसायीले बाबुरामलाई एमालेले न्याय गरेको प्रतिक्रिया दिए । निर्वाचन प्रचार कार्यक्रममा हिंडेका भट्टराइलाई नयां मतदाताहरुले पनि ‘आयु वावुराम’ भनेर चिन्न थालेका छन् ।