एमालेले चुनाब जित्छ : नेता भुसाल

मेचीकाली संवाददाता

२२ बैशाख २०७९, बिहीबार
393 shares

सियारी । एमाले स्थायी समिति सदस्य तथा पूर्व कृषी मन्त्री घनश्याम भुसालले आसन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरु अत्याधीक मतका साथ विजयी हुने बताएका छन् । रुपन्देहीको सियारी गाउँपालिका ७ अमवामा आयोजित एमालेको कोणसभालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एमाले नेता भुसालले सियारीले विकासमा छुट्टै पहिचान बनाइसकेको भन्दै अवको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने बताए । ‘यहाँ पाँच वर्षमा प्रयाप्त पूर्वाधारको विकास भएको छ, अब यसैको जगमा टेकेर थप विकासका कार्यक्रमहरु अघि बढ्छन्, त्यसका लागि एमालेको नेतृत्व आवश्यक छ,’ भुसालले भने ।

सियारीमा शिक्षा, स्वास्थ्य, कृषी, सडक र खानेपानीको क्षेत्रमा धेरै काम भएको उनले बताए । ११५ किलोमिटर सडक कालोपत्र, बिभिन्न सडकहरु स्तरउन्नती देखी सामुदायिक विद्यालयमा भवन निर्माण र शैक्षिक गुणस्तर वृद्धी गर्न बिभिन्न कार्यक्रमहरु ल्याइएको नेता भुसालले बताए । कृषी क्षेत्रमा यूवाहरुलाई आकर्षीत गर्नका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको उनले बताए । पाँच वर्षमा सुरु भएका र निर्माणको क्रममा रहेका बिभिन्न आयोजनाहरुलाई पुरा गर्न पनि पुनः एमालेले जित्नुपर्ने उनले बताए ।

सियारीमा एमालेका तर्फबाट अगाडि सारिएका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलनै हुन नसक्ने भन्दै उनले योग्यता, क्षमता, अनुभव, आन्दोलन, विभिन्न क्षेत्रमा योगदान र सक्रियताको हिसाबले एमालेले सबै हिसाबले क्षमतावान् उम्मेदवारलाई अगाडि सारेकोले निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।