बुटवलमा २५ गते एमालेको चुनावी सभा: केपी ओली र विष्णु पौडेलले सम्वोधन गर्ने

मेचीकाली संवाददाता

२२ बैशाख २०७९, बिहीबार
417 shares

बुटवल। नेकपा एमालेले यही वैशाख २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई सम्वोेधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने निधो भएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले बताए । रुपन्देही जिल्ला स्तरीय सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुस सहित सहभागी हुनेछन् ।

नेकपा एमालेले यसअघि आयोजना गरेका आमसभाहरुमा लाखौं जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ । देवीनगर स्थित खुला मैदानमा आयोजना ह्ुने आमसभामा रुपन्देही जिल्लाका सवै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए ।

एमालेले चुनावी सभाको तयारी शुरु गरिसकेको छ । सवै पालिकाहरुले टोलटोलबाट जनसहभगिताका लागि काम शुरु गरिसकेको बताएका छन् । चुवानी सभालाई अध्यक्ष केपी ओली,उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका नेताहरुले सम्वोधन गर्ने नेकपा एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।

चुनाबी सभालाई ऐतिहासिक बनाउन विभिन्न समितिहरु गठन भएका छन् । बुटवलका टोलटोलबाट बाजागाजा र झांकी सहित जनताहरु सहभागी हुने बताइएको छ ।