‘ई–रिक्साको सही व्यवस्थापन गछौं’

मेचीकाली संवाददाता

२२ बैशाख २०७९, बिहीबार
508 shares

बुटवल । नगरको भरपर्दो यातायातको रूपमा स्थापित विद्युतीय रिक्सा (ई–रिक्सा) को बुटवलमा दीर्घकालीन व्यवस्थापनको काम हुने भएको छ । विगतमा अन्यौलमा परे पनि अब बुटवलमा ई–रिक्क्साको सही र दीर्घकालीन व्यवस्थापन गर्ने जिम्मा आफूले लिने एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बुटवल उपमहानगरपालिका ई–रिक्सा कमिटीको भेलालाई संवोधन गर्दै नेता पौडेलले ई–रिक्साको अब व्यवस्थापनको काम कुनै हालतमा नरोकिने बताए । कार्यविधि बन्नको फेरि संशोधन भएको पारित गरेर राजनपत्रमा पनि प्रकाशित भएको रहेछ’ पौडेलले भने, ‘स्वरोजगार मजदुरको गहिरो पीडा मैले थाहा पाए ।

अब बुटवलमा एमालेबाट निर्वाचित जनप्रतिनिधि आएपछि ई–रिक्साको सही समाधान हुनेछ ।’ ‘विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६’ निर्माण गरेको छ तर, यसको कार्यान्वयन भने धेरै चुनौती देखिएका छ । त्यसको नयाँ सिराबाट समाधान खोजिने छ । पौडेलले ई– रिक्सा चालकका सबै मागहरु जायज रहेको बताए ।

बुटवल उपमहानगरपालिका एमालेका मेयरका प्रत्यासी बाबुराम भट्टराईले रिक्साको सही व्यवस्थापन गरी विद्युतीय बसहरु पनि नगरले सञ्चालन गर्ने अबधारणा रहेको बताए । त्यस्तै एमालेकै डेपुटी मेयरका प्रत्यासी सावित्रादेवी अर्यालले ई–रिक्सा सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने बताए ।

मदन भण्डारी स्पोर्टर्स एकेडेमीका अध्यक्ष धु्रव आचार्यले श्रम र मजदुरलाई एमालेले सधै संवोधन गर्ने बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बुटवल उपमहानगरपालिका ई–रिक्सा कमिटी अध्यक्ष कपिल रसाइलीले आफूहरुका समस्या समाधानमा ढुक्क रहेको बताए । ई रिक्सा समितिका डिआर पोखरेलले एमालेले नैं बुटवलमा ईरिक्साको सही व्यवस्थापन गर्ने बताए । कार्यक्रमको सञ्चालन मदन भण्डारी स्पोर्टर्स एकेडेमीका केन्द्रीय सचिवालय सदस्य विनोद आचार्यले गरेका थिए ।