‘ह्याट्रिक’ नजिक वडाध्यक्षका उम्मेदवार भण्डारी

मेचीकाली संवाददाता

२३ बैशाख २०७९, शुक्रबार
680 shares

बुटवल । नेकपा एमाले बुटवल–१५ का वडाअध्यक्षका उम्मेदवार डम्बरबहादुर भण्डारी ह्याट्रिक नजिक छन् । २०५४ साविक सेमलार गाविस वडा नम्बर १ को वडा अध्यक्ष भण्डारी फेरि २०७४ को निर्वाचनमा स्थानीय तह निर्वाचनमा बुटवल वडा नम्बर १५ बाट निर्वाचित भएका थिए ।

अहिले पुनः १५ नम्बर वडाबाटै वडा अध्यक्षको उम्मेदवार छन् । वडामा लोकप्रिय छवि बनाएको भण्डारीले अहिले पनि निर्वाचिन जितेर ‘ह्याट्रिक’ नजिक रहेको दावी गरे । २०५४ सालमा उनी २० वर्षकै उमेरमा वडाध्यक्ष भएका थिए । नेकपा एमाले बुटवल उपमहानगर कमिटीको उपसचिव भण्डारीले बुटवल बहुमुखी क्याम्पसबाट अखिल हुँदै एमालेको राजनीति सुरू गरेका थिए ।

बाग्लुङको जैमिनी नगरपालिका वडा नम्बर १० (साविक राङखानी गाविस) बाट भण्डारीको परिवार बसाइसराइ गरी २०५० तिर बुटवल झरेको थियो । बुटवलको सुदुरपश्चिम जस्तै रहेको सेमलार क्षेत्रलाई नयाँ सहरको रूपमा स्थापित गर्ने उम्मेदवार भण्डारीको योजना छ । अहिले वडाअध्यक्षको उम्मेदवारी लिएर टोल टोलमा पुग्दा नगरबासी खुसी रहेको बताउँछन । आफ्नै पहलले सेमलारमा भौतिक पूर्वाधारमा धेरै विकास भएको बताउँछन् । शिक्षा, स्वास्थ, कृषिमा वडालाई अब्बल बनाउने भण्डारीको योजना छ ।

त्यस्तै वडालाई खेलकूद ‘हव’ को रुपमा विकास गर्ने योजना अगाडि सारेका छन् । बुटवल १५ सेमलारमा प्रदेशकै ठूलो र नमूना कबर्ड नेता तथा उम्मेदवार भण्डारीकै पहलमा बनेको छ । साथै मुक्तिधाम खेल मैदान रतनपुर र उजेलापुर खेल मैदानलाई रंगशालाको रुपमा विकास गरी खेलकूदका गतिविधिहरु छिटै सञ्चालन गरी एकेडेमीको रुपमा विकास गरिने नेता भण्डारीले बताए । त्यस क्षेत्रको लोकप्रिय युवा नेता भण्डारी गएको निर्वाचनमा पनि भारी मतान्तरले विजयी भएका थिए ।

बुटवलको पछाडि परेको क्षेत्रको रुपमा चिनिने सेमलारमा सडक, पुल, किसानलाई कृषि अनुदान, सिचाइँ, सामुदायिक विद्यालयको स्तरउन्नति भएका छन् । त्यस्तै तामनगर बेथरी सडक खण्डअन्तगर्त पर्ने दानब पुल निर्माण विपक्षीहरुले गरेको मुद्दा मामिला भण्डारीको अगुवाईमा समस्या समाधान गरी निर्माण सम्पन्न भएको छ ।

दानब नदी कटानको लागि तटबन्ध, विद्युत् पोल विस्तार तथा ट्रास्फर्मर जडान गरी विद्युतीय समस्या निराकरण गरिएको छ । मुक्तिघाट महदैया बेलबरिया हुँदै हात्तीसुँढ जोडने सडक डबल लेनमा स्तरउन्नति हुँदै छ । सबै समूहमा लोकप्रिय भण्डारी वडाबासीका सुखदुःखमा सधैँ अग्रपंक्तिमा उभिँदै आएका छन् ।