यस्तो छ एमाले बुटवल ८ को प्रतिबद्धतापत्र

मेचीकाली संवाददाता

२३ बैशाख २०७९, शुक्रबार
463 shares

बुटवल । नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले एमालेका उम्मेदवारहरूको जित वडाबासीको हित हुने भन्दै विभिन्न योजनाहरु पूरा गरेर वडालाई नमूना बनाउने प्रतिबद्धता ल्याएको छ । बुटवलको सबैभन्दा सुरक्षित र सफा वडालाई भौतिक पूर्वाधार, खानेपानीदेखि विभिन्न कार्यक्रमहरु पूरा गर्ने बताएको हो । बुटवल वडा नम्बर ८ मा एमाले राष्ट्रिय जनमुक्ति पार्टीको तालमेल भएको छ । वडा अध्यक्षमा एमालेबाट ज्ञानप्रसाद अर्याल उम्मेदवार छन् ।

१) भौतिक पूर्वाधार र खानेपानी
– खानेपानी समस्यालाई पहिलो प्राथमिकतामा राखी १ वर्ष भित्र सबै वडावासीलाई स्वच्छ पिउने पानीको व्यवस्था गरिने छ ।
– वार्डभरीका सम्पूर्ण सडकहरुमा सडकबगरी “उज्यालो वार्ड”को रुपमा विकास गरिने छ ।
– वार्ड भित्रका मुख्य सडकलाई फुटपाथसहित विकास गर्दै कालोपत्रे गरिने छ । साना बाटालाई पीपीसी र इन्टरलक ब्लक लगाउने काम गरिने छ ।
– ढल निकासकालागि नाली निर्माणको कार्य अभियानका रूपमा सञ्चालन गरिने छ ।
– यस वार्डको बीचबाट गएको हाइटेन्सन लाइनलाई व्यवस्थापन गर्न प्रदेश तथा संघीय सरकारसँग सहकार्य गरिने छ ।
– ट्रान्सफर्मर क्षमता कमजोर भएका कारण वडाका विभिन्न क्षेत्रमा पटक पटक लाइन जाने समस्या समाधान गर्न विद्युत प्राधिकरणसँग सहकार्य गरी समाधान गरिने छ ।
– बनाइएका सार्वजनिक पूर्वाधारको गुणस्तर बृद्धि, संरक्षण, नियमित मर्मतसम्भार आदिका निम्ति नियमित सुझाव दिन तथा रेखदेख गर्न एक प्राविधिक सहितको स्थायी प्रकृतिको अनुगमन तथा निरीक्षण समिति निर्माण गरिने छ ।
– वार्डको मुख्य प्रवेशविन्दुमा आकर्षक गेट निर्माण गरिने छ ।
– वडालाई कच्ची बाटो मुक्त गराइने र दीपनगर जोड्ने पुल निर्माण गर्ने ।
– आधुनिक र व्यवस्थित वार्डको रूपमा स्थापित गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।
– कुशुमटोल संस्थाले दुर्गामन्दिर निर्माण, जग्गा बाउण्डरी गरी निर्माण हुन नसकेको स्थानमा वहुउद्देश्यीय सामाजिक भवन निर्माण गर्न पहल गरिने छ ।

ख) शिक्षा
– वार्डलाई पूर्णसाक्षर वडा घोषणा गरिने छ ।
– जनता मा.वि.बुटवललाई प्राविधिक धार सहितको मा.वि.को रूपमा विकास गरिने छ ।
– वार्डमा रहेको ज्ञानज्योति पुस्तकालयको संरक्षण र प्रवद्र्धनमा सहकार्य गरिने छ ।
– विपन्न, गरिव र पछि परेको वर्गका बालबालिकाको शिक्षा लिने अवसरलाई छात्रवृत्तिका माध्यमबाट सुनिश्चित गरिने छ ।
– विभिन्न संघसंस्थाको सहकार्यमा वार्डभित्रका विद्यालयहरुमा लागु औषध दुव्र्यसन,लैगिक समानता ,सुरक्षित महिनावारी,यौन तथा प्रजनन् स्वास्थ्य ,असल आचरण जस्ता विभिन्न विषयमा सचेतना र उत्प्रेरणामूलक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
– वार्डको शैक्षिक उन्नतिमा संस्थागत (निजी) विद्यालयहरूसँग आवश्यक समन्वय र सहकार्य गरिने छ ।

ग) स्वास्थ्यः
– वार्डमा स्थापित स्वास्थ्य इकाइको क्षमता विस्तार गरी वार्डवासीको आधारभूत स्वास्थ्य अधिकारको सुनिच्चिता गरिने छ ।
– विपन्न र गरिव नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न स्वास्थ्य सेवाकोषको स्थापना गर्न पहल गरिने छ ।
– योग ,आयुर्वेद तथा प्राकृतिक चिकित्साको विषयमा अभिमूखिकरण कार्यक्रम सञ्चाालन गरिने छ ।
– घर घरका करेसाबारी र कौसिमा घरायसी जडिबुटी उत्पादन र प्रयोगको लागि सहजिकरण र प्रोतसाहन गरिने छ । भान्छा , करेसाबारी र कौसीखेतिको माध्ययमले निरोगिता दर वढाउन उत्प्रेरित गरिने छ ।
– वाडमा खुलेका अस्पताल तथा स्वास्थाहरुसँग समन्वय गरी वाडबासीकोलागि निशुल्क स्वास्थ्य शिविर तथा अन्य सुविधा प्राप्तीको लागी पहल गरिने छ ।

घ) धर्म र सस्कृतिः
– यस वार्डमा रहेका मठमन्दिर, गुम्बा, चर्च लगायत विभिन्न धर्मावलम्बीद्वारा स्थापित धार्मिक एवं साँस्कृतिक स्थलहरूको संरक्षण, सम्बद्र्धन गर्दै सम्बन्धित् धर्मावलम्बीहरूलाई सहयोग पुग्नेगरी अधिकतम सार्वजनिक हितमा उपयोग गर्ने नीति लिइने छ ।

२) सरसफाइ र वातावरणः
– घर—घरबाट निस्कने फोहरलाई प्रकृतिहेरी छुट्टाछुट्टै भाँडोमा संकलन गरी उचित व्यवस्थापन गर्ने वातावरण तथा सरसफाई सहकारीसँग सहकार्य गरिने छ ।
– वडावासी नागरिकहरूमा सचेतना जगाइ घरबाट उत्पादन हुने प्लाष्टिकजन्य फोहोरलाई ब्यवस्थापन गरी वडालाई प्लाष्टिकमुक्त वडा बनाउन पहल गरिने छ ।
– सुखौरा खोलाको फोहर र जोडिएका ढलहरूको उचित व्यवस्थापन गरी खोलालाई सफा र सुन्दर बनाइने छ ।
– सडक तथा टोल सर–सफाइ अभियान सम्बन्धमा सचेतना अभिवृद्धि गर्नुको साथै सबै नागरिकलाई यस अभियानमा आवद्ध गरिने छ ।
– सार्वजनिक स्थलमा शौचालय निर्माण गर्नुका साथै संरक्षण, सम्बद्र्धन गरी उपयोगी बनाइने छ । त्यस्ता शौचालयहरु महिला,बालबालिका एवम् अपाङ्गमैत्री बनाइने छ ।
– सरसफाइ, सुन्दरता र हरियालीमा नगरकै सर्वश्रेष्ठ वार्डका रूपमा विकास गर्न विशेष कार्यक्रमहरू सञ्चालन गरिने छ ।

३. सामाजिक उत्तरदायित्व ः
– जेष्ठ नागरिक, एकल महिला, असहाय एवं अपाङ्ग, यौनिक अल्पसंख्यक नागरिकहरुको व्यवस्थित अभिलेख राखी राज्यबाट प्राप्त हुने सेवा सुविधा तथा सामाजिक सुरक्षाभत्ताको वितरणलाई सरल र सहज बनाइने छ ।
– असक्त असहाय व्यक्ति एवम् सडक बालबालिकाको संरक्षण र आवश्यकता अनुसार पुर्नस्थापना गरिने छ ।
– वार्डका विद्यालय तथा टोलस्तरमा समेत किशोर किशोरी शसक्तिकरणका कार्यक्रम तथा असल र खराब छुवाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरी हिंसामुक्त वातावरणको लागि आधार तयार गरिने छ ।
– लैगिक हिंसा न्यूनिकरण गरी लैगिक संवेदनशील वार्ड निर्माणकोलागि टोलस्तर तथा वार्डस्तरमा श्रीमान श्रीमति तथा शाशु बुहारी कार्यशाला एवम् सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।
– घर घरमा रहेका हानीकारक परम्परागत मुल्य मान्यता विरुद्द विद्यालय,टोल र वार्डस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।
– चाडपर्व ,विवाह आदि संस्कार र संस्कृतिहरु भड्किलो बन्दै गएको सन्दर्भमा त्यसलाई कम खर्चमा , साधारण र सिर्जनशीलरुपमा सम्पन्न गर्न अनुरोध र अगुवाइ गरिने छ ।
– जेष्ठ नागरिक,गर्भवती महिला बालबालिका, अपाङ्गता भएका नागरिक, असहाय एवम् अशक्त ब्यक्तिहरूलाई हरेक सार्वजनिक सेवा तथा कार्यहरूमा पहिलो प्राथमिकतामा राख्ने सँस्कृति निर्माण गरिने छ ।
– सडक चोकहरूमा ऋऋत्ख् क्यामेरा जडान गरी सुरक्षित वार्डको रुपमा विकास गरिने छ ।
– सार्वजनिक स्थल र पार्कमा ँचभभ धषष्शयलभ कायम गरिने छ ।
– वार्डमा रहेका ठूला ठूला व्यवसायिक संस्थाहरूलाई ऋक्च् मा आवद्ध गराइनेछ ।
– लागु औषध दूव्र्यसन सम्बन्धी सचेतना कार्यक्रमलाई टोल, समुदाय तथा विद्यालयस्तरमा सञ्चालन गरिने छ ।
– दुव्र्यसनमा परेकाहरुको उपचार र पुर्नस्थापनाको लागि आवश्यक सहयोग र समन्वय गरिने छ ।
– वार्डमा रहनुभएका चिकित्सक तथा स्वास्थ्य संस्थासँगको सहकार्यमा स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिने छ ।
– विद्युत, फोन र केबुलका तारहरूको उचित व्यवस्थापनका लागि आवश्यक पहल गरिहने छ ।

४. सामुदायिक भवनः
– वार्डमा निर्माण सार्वजनिक÷सहकारी र अन्य भवन संरचनाहरू अपाङ्गमैत्री, महिला तथा बालमैत्री वनाइ सबै वर्ग र समुदायको लागि पहुँचयोग्य बनाइनेछ ।
– जेष्ठ नागरिक विश्राम स्थल साथै वाचनालय (पुस्तकालय) निर्माणका लागि आवश्यक पहल गरिने छ ।
– निर्माणाधिन वार्ड कार्यालयलाई समयमै पुरा गरी वार्डबाट हुने सेवा प्रवाहलाई प्रभावकारी तुल्याइने छ ।
५. बजार व्यवस्थापनः
– व्यवस्थित स्वच्छ, स्वस्थ र गुणस्तरीय उपभोग्य वस्तुको आपूर्ति गर्ने बजारका रूपमा सोमबारे बजारमा निर्माण गरिने सुविधा सम्पन्न कम्प्लेक्सको छिटो छरितो निर्माणका लागि उप—महानगरपालिकालाई आवश्यक सहयोग र सहजिकरण गरिनेछ ।
– वार्ड भित्र वार्डको समेतको सहकार्यमा उपभोक्ता सहकारी पसल स्थापना गरी उपभोग्य सामाग्रीको सहज आपूर्ति हुने व्यवस्था मिलाइने छ ।
६. युवा, खेलकुद तथा सूचना
– युवाहरूलाई योग्य, सर्जनशील र उच्च नैतिक आचरणयुक्त नागरिकका रुपमा विकास गर्न विभिन्न युवालक्षित कार्यक्रमहरू सञ्ंचालन गरिने छ ।
– वार्डमा भएका युवा क्लबलाई परिचालन गरी खेलकूदको विकासका लागि विद्यालय स्तरीय, टोलस्तरीय÷प्रतियोगितात्मक कार्यक्रमहरू बर्षको एक पटक सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।
– खेलमा धेरै रुचि भएका युवाहरुलाई विभिन्न खेल तालिम तथा वार्डबाट प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागिहुने खेलाडीहरुलाई पोशाकको व्यवस्था गरिने छ ।
– युवाहरूलाई व्यक्तित्व विकास, रोजगारी र उद्यमशीलता विकास गर्न विभिन्न सीपमुलक तालिममा सहभागि गराइने छ ।

७. शान्ति—सुरक्षा
– वडा प्रहरी कार्यालय रामनगर, राजमार्ग चौराहा र प्रचण्डथैव चौकमा रहेको प्रहरी विटसँगको सहकार्य र समन्वयमा नागरिकलाई सुरक्षाको प्रत्याभूति प्रदान गरिने छ । आवश्यक ठाउँहरूमा सिसि क्यामरा जडान गरिने छ ।
८. पोषण,खाद्य सुरक्षा र कृषिः
– स्वस्थ तरकारी र फलफूलका लागि करेसाबारी तथा कौसी खेतीलाई प्रोत्साहित गरिने छ ।
– करेसावारी निर्माण, कौसीखेती एवं खाली घडेरी उपयोग गरी खेती गर्नेहरूलाई आवश्यक तालिम र विउ तथा मल उपलब्ध गराइने छ ।
– न्यूनतम पोषणयुक्त आहारबाट बन्चित सुत्केरी महिला, जेष्ठ नागरिक, नावालक शिशुको उचित आहार व्यवस्थापनमा सहयोग गरिने छ ।
– खाना नफाल्ने संस्कृतिको विकास गर्दे वाडमा कोही भोकै बस्न नपरोस् भन्ने विषयमा संवेदनशीलता अपनाउदै आवश्यक कार्य गरिने छ ।
९. सीप र रोजगारीः
– वार्ड क्षेत्र भित्रको वेरोजगारी, अर्धवेरोजगारी र सीप सिक्ने इच्छा र चाहानाको पहिचानका लागि लगत संकलन गरी आवश्यकता अनुसारका तालिममा आवद्ध गरिने छ ।
– महिला ,एकल महिला,दलित, पिछडा वर्ग एवम् विपन्न वर्गको उत्थानका लागि विशेष कार्यक्रम र सीममूलक तालिमहरू सञ्चालन गरिने छ ।
– तालिम लिएर उत्पादन गरिएका सामग्रीहरुको बजारीकरणको लागि सहजिकरण गरिने छ ।
– वार्डले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरुमा उपाहार प्रदान गर्दा स्थानीय वडाबासीले उत्पादनगरेका सामानहरुलाई प्राथमिकता दिइने छ ।
– वार्डमा बसोबास गर्ने बेरोजगार र सुकुम्बासी(अव्यवस्थित बसोवासी) नागरिकको पहिचान गरी उनीहरूलाई स्थानीय स्तरमै रोजगारीका अवसरहरूमा प्राथमिकता दिइने छ ।

१०. यातायातः
– सम्भव भएका सडकको किनारमा फुटफाथहरू निर्माण गरिने छ ।
– सार्वजनिकस्थलमा हुने अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गरिने छ ।
– साँघुरा बाटाहरूमा आलोपालो एकतर्फी पार्किङ्गलाई कार्यान्वयन गर्न टोलविकास संस्थालाई सक्रिय बनाइने छ ।
– सुखौरा खोलामाथि पार्किङ्ग स्थल निर्माणको संम्भाव्यता अध्ययन गरिने छ ।
११. पर्यटन प्रवद्र्धनः
– जे वि पार्क र वार्डमा रहेका सार्वजनिक स्थलहरूलाई हरियाली पार्कका रूपमा विकास गरी पर्यटक आकर्षण गरिने छ ।
– बुटवल हिलपार्क , बुटवल मण्डप, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र एवम् विभिन्न मठमन्दिर, गुम्बा आदिमा समेत वार्डवासीको पहुँच अभिबृद्धि र तिनको विकास र उपभोगमा साझेदारी अभिबृद्धि कार्यक्रम सञ्चालन गरी वार्डवासीलाई अधिकतम लाभ प्राप्त हुनसक्ने बनाउन पहल गरिने छ ।

१२. सभ्यता, सद्भाव र सम्मानः
– वार्डमा रहेका टोल विकास संस्थाको संस्थागत क्षमता विकास गरी वार्डको विकास योजनामा परिचालन गरिने छ ।
– विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक सद्भाव सहितको सभ्य वार्डकारूपमा विकास गर्न नैतिक, चारित्रिक, योग र ध्यानजस्ता प्रशिक्षण तथा शिविरहरू नियमित सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।
– सामाजिक कार्य, आर्थिक परिचालन, रोजगारीको सिर्जना आदि जस्ता कार्यक्रमहरूमा विशेष र महत्वपूर्ण योगदान पु¥याउने संस्था वा नागरिकहरूलाई वाडस्तरमा सम्मान गरिने छ ।
– यस वार्डलाई सुख, समृद्धि र सुरक्षित क्षेत्रकारूपमा विकास गर्न आवश्यक विभिन्न कार्यहरू गरिने छ ।

हाम्रा नाराहरु
१) एमालेको जित ! वार्ड वासीको हित ! !
२) स्वस्थ्य नागरिक, सफा शहरः नमूना वडा वनाउने एमालेको रहर
३) स्थानीय विकासको लागि जुझारु नेता रोजौं ः
सामाजिक न्याय, सुरक्षा र समानताका लागि सूर्य चिन्हमा मतदान गरौं !
४) एमालेको अभियान ः जेष्ठ नागरिक, महिला,एकल महिला, असहाय , अपाङ्ग, यौनिक अल्पसंख्यक तथा सबै जाति र धर्मका नागरिको सम्मान !
५) युवा उद्यमशिलताको विकास ः वेरोजगारी अन्त्यको निकास !
६) एमालेको चाहना, विभेदरहित समाजको स्थापना !