शिशु कल्याण पाठशालामा दिक्षान्त समारोह

मेचीकाली संवाददाता

२४ बैशाख २०७९, शनिबार
350 shares

बुटवल । रूपन्देहीको तिलोत्तमा–२ योगिकुटीस्थित शिशु कल्याण पाठशालाले शनिबार आफ्नो चौथों वार्षिकउत्सव तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । दिक्षान्त समारोहको तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले उद्घाटन गरे ।

उनले पारिवारिक वातावरणमा साना बालबालिकाहरुलाई पढाउन आवश्यक रहेको बताए । साना बालबालिका मानव विकासको जग रहेको आचार्यले बताए । अभिभावक संघ, नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले बालमैत्री शिक्षण सिकाईबाट नै बालबालिकाहरुको शैक्षिक विकास हुने बताए ।

पाठशालाका प्रिन्सिपल दीपेन्द्र नेपालले शिक्षाको क्षेत्रमा नयाँ र फरक शैली अपनाएर पठनपाठन थालेको बताए । पाठशालालाई अझै राम्रो बनाउने दिशामा आफूहरु जुटेको उनको भनाइ छ । पाठशालामा केजी सम्म पढाइ हुन्छ । सो अवसरमा बालाबालिकाले विभिन्न गीत, नृत्य प्रस्तुत गरेका थिए । भने, विद्याथीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

पाठशालाले छोटो समयमै अभिभावकहरुको मन जितेको छ । पाठशालाका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षता तथा सुदीप तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।