योजनाको दिगोपन र अधुरा पुरा गछौंँ : पाठक

मेचीकाली संवाददाता

२४ बैशाख २०७९, शनिबार
513 shares

बुटवल । एमालेबाट तिलोत्तमा वडा नं ६ का वडा अध्यक्षका उम्मेदवार बनेका शिव कुमार पाठकले वडाको सन्तुलित विकास गर्ने, पुरा भएका योजनाको दिगोपन र अधुरा कामको पुर्णताका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

वडा नं. ६ मा घरदैलो कार्यक्रममा उनले मतदाता सामु वडाका सवै सडक ग्राभेल गर्दै क्रमस कालोपत्रे, शुशासन कायम गर्न र जनताको सेवक बन्न आफुलाई मत दिनुपर्ने बताए ।

संगम टोल, पुरानो सडकमा भएको घर दैलो कार्यक्रममा उहांले पोल, तार ह्युम पाईपको उपलब्धता गर्ने, हाटबजारको स्तोन्नती गर्ने, चोक चोकमा सिसिटीभि क्यामरा जडान, ईमर्जेन्सी साईरन जडान गर्ने प्रतिबद्धता मतदाता सामु व्यक्त गर्नुभयो । जेठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, योगा कार्यक्रम, मठ मन्दिरको संरक्षण, खानेपानी विद्युत जडानलाई सहज र सर्वसुलभ गराउने सो अवसरमा बताए ।

विद्यालयका शैक्षिक स्तोन्नती, भौतिक संरचना निर्माण, अपाङगमैत्री बालउद्यान निर्माण, खेलमैदानको स्तरउन्नतीका सार्थ बृद्धभत्ता, सामाजिक सुरक्षा भत्ताको नविकरण कार्य घरघरमै उपलब्ध गराउने उनको भनाई छ । वडा नंं ६ बाट अध्यक्षमा पाठक सहित सदस्यमा दिल कुमारी बोहोरा, सुकुमाया नेपाली, यज्ञमुर्ती जैसी र नर बहादुर छन्तेल चुनावी मैदानमा छन् ।