गठबन्धन राष्ट्रिय आवश्यकताः प्रधानमन्त्री देउवा

मेचीकाली संवाददाता

२४ बैशाख २०७९, शनिबार
491 shares

बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन् । देशमा स्थायित्व र विकासको लागि अहिलेको गठबन्धन ऐतिहासिक रहेको उनले दावी समेत गरे । पाँच दलीय सत्ता गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी आमसभालाई संवोधन गर्दै सभाति देउवाले एमाले अध्यक्ष ओलीका गलत कार्यलाई ध्यानमा राखेर बनेको अहिलेको गठबन्धन वषौं पु¥याउन आवश्यक रहेको बताए । ‘गठबन्धनलाई टिकाउन र गठबन्धनबाट उठेका स्थानीय तहका उम्मेदवारहरूले जित्नुपर्छ’ प्रधानमन्त्री देउवाले भने, ‘प्रजातन्त्र बचाउने बाचाका साथ बनेको हो ।’ कसैको विरोध गर्न नसकेर एमाले अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेको आरोप समेत लगाए । जनता र कर्मचारी देखि सबैले ओलीले थर्काएर हिडेको समेत बताए । अहिलको सरकार बनेपछि विदेशी सहायत र अनुदान बढेको देउवाको दावी छ ।

उनले भने, ‘हामीले ऋण लिएर विकास गर्ने होइन । अनुदान लिएर हो । अहिले शक्ति राष्ट्रको अनुदानका सहयोग बढेको छ ।’ देउवाले अमेरिकी सहयोग परियोजना (एससीसी) को सहयोगमा बन्ने विकास आयोजनाले सबैभन्दा बढी फाइदा यस क्षेत्रमा हुने देउवाको भनाइ छ । ‘एमसीसीको बजेटबाट बुटवल, भैरहवा हुँदा दाङको भालुवाङसम्म विभिन्न परियोजनाले यस क्षेत्रलाई बढी फाइदा पु¥याउछ’ सभापति देउवाले भने । बुटवलको समस्याका रुपमा रहेका सुकुम्बासी समस्या समाधान आफूहरुको सरकारले गर्ने देउवाले बताए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको घरघरमा पुग्ने नेतालाई जिताउन आग्रह गरेका छन् । उनले भने– राजनीतिक स्थिरता नभएकाले विकास भएन, यति लामो संघर्षले यो व्यवस्था ल्याऔँ, समाजवाद ल्याउँछौ भनेर संविधान बनाऔँ, साझा दस्ताबेज भनेर बनायौँ तर यो बीचमा त्यो व्यवस्था खलबलाउन केपी ओलीलाई प्रयोग गरियो, उहाँ निमित्त नायक हुनुभयो, महेन्द्रले १७ सालमा गरे, ज्ञानेन्द्रले ०५९ सालमा गरे । पौडेलले यसपछिको चुनावसम्म एमाले र ओलीलाई अगाडि जान नदिन गठबन्धन चाहिएको बताए । उनले भने उहाँहरूलाई पठाए संसद् चल्नै नदिने, अदालतमा काम गर्न नदिने, बाहिर चर्का कुरा गर्ने, भित्र नेपालीलाई राष्ट्रवादका नाममा धोका दिने गरे ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमालेले जनतासँग भोट माग्ने नैतिक आधार गुमाएको बताएका छन । राजनीतिमा इमान, समर्पण र दुरदृष्टी चाहिने भन्दै त्यो सबै एमालेले गुमाइसकेको आरोप लगाए । बुटवलको चुनावी सभालाई शनिबार संवोधन गर्दै नेता महतले एमालेसँग अब मनोरञ्जन दिन्छु भनेर मात्र जनताको मत माग्न बाँकी रहेको दावी गरे । एमाले अध्यक्ष केपी ओलीसँग मनोरञ्जनमा कसैले प्रतिष्पर्धा गर्न सक्दैन । राजनीति मनोरञ्जनको विषय होइन ।

अब कसैको कुराको पछाडि होइन कामको पछाडि लाग्नुपर्ने समय हो ।’ ओलीकै पालमा देश काण्डै काण्डमा फसेको आरोप लगाए । ओलीको पालमा कहिले ओम्नी, कहिल सुन त कहिले संसद विघटन काण्ड भए’ नेता महतले भने, ‘ओलीको पालमा देशमा ऋणमय भयो । अहिलको सरकार बनेपछि देश अनुदानमय भएको छ ।’ उनले गठबन्धनका उम्मेदवारहरुलाई इमानदारिताका साथ मतदान गरेर विजयी गराउन आग्रह गरे । ‘हामी कांग्रेसले रुखबाहेक अरुलाई भोट हाल्दिैनौ भन्ने होइन । यो लेनदेनको विषय हो । हामीले पनि हसिया हथौडामा र उहाँहरुले रुखमा भोट हाल्ने हो’ नेता महतले भने ।

सहरी विकासमन्त्री एंवम् नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले गलत पात्र र प्रवृत्तिलाई परास्त गर्ने समय आएको बताएकी छन् । आसन्न स्थानीय तहको निर्वाचनले संसद विघटन गर्ने एमालेलाई परास्त गर्ने दावीसमेत गरिन् । उनले न्यायमूर्तिका रुपमा रहेका मतदाताले आफ्नो सचेतनापूर्ण गठबन्धनका उम्मेदवारलाई दिने विश्वास व्यक्त गरिन । एमालेतर्फ लक्षित गर्दै सचिव झाँक्रीले पटक–पटक भोट हालेर नेतृत्वमा पु¥याउँदा पनि सुुुकुम्बासी, अव्यवस्थित बसोबासी र आम नागरिकको समस्या ‘ज्युँका त्युँ’ राख्ने दललाई चिन्ने बेला आएको बताइन् । उनले गलत काम गर्दा गलत भनेर भन्न नसक्नेहरु परिवर्तनकारी हुन नसक्ने उल्लेख गर्दै उनले भनिन्, ‘प्रश्न गर्न नसक्ने मान्छे र भजनमण्डलीले परिवर्तनको लागि काम गर्न सक्दैन ।’

‘स्याटलाइटबाट आकाश किन्ने कुरा, चन्द्रमामा भ¥याङ लगाउने, चुच्चे रेल ल्याउने, सुन्दै रोमाञ्चक बनाउने कथाहरुले जनताको भोको पेट भरिदैन’ एमाले र त्यसका अध्यक्ष ओलीमाथि खनिएकी उनले भनिन, ‘यी सबै कामहरु पूववर्ती केपी ओलीको सरकारले ग¥यो, त्यसैले हामीले त्यस्तो विचारलाई परास्त गर्नैपर्छ ।’ उनले यीनै प्रवृत्ति परास्त गर्न गठबन्धनको आवश्यकता भएको बताइन् ।