विकास र समृद्धिका लागि एमालेको जित आवश्यकः ध्रुव खरेल

मेचीकाली संवाददाता

२६ बैशाख २०७९, सोमबार
476 shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ध्रुवप्रसाद खरेलले सुन्दर देवदह र विकसित देवदहको निर्माणका लागि नेकपा एमालेका उम्मेदवारहरुको बिजय आवश्यक रहेको बताएका छन् । शुसासन र समृद्धि समाजवादको आधार देवदहमा नेकपा एमालेको सरकार भन्ने अगाडि बढेको एमालेको जितबाट मात्रै देवदहको समृद्धि सम्भव हुने तथा आफूले निर्वाचनका क्रममा मतदातासँग राखेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न कुनै कन्जुस्याइँ नगर्ने बताए ।

‘एमालेसँग मात्रै देश विकासको स्पष्ट दृष्टिकोण छ, सोहीअनुसार देवदहको समृद्धि को योजना लिएर हामी निर्वाचनमा होमीएका छौं । त्यो योजना सफल बनाउन पनि एमालेको जित आवश्यक छ ।’ खरेलले भने ।
देवदहमा रहेका पर्यटकीय सम्भावना रहेका क्षेत्रहरुको विकास प्रवद्र्धन र प्रचारप्रसारको योजनाका तिनीहरुको संरक्षण गर्ने कार्यका लागि नेकपा एमालेले जित्नु पर्ने आवश्यकता रहेको बताए ।

नेकपा एमाले देवदह निर्वाचन परिचालन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले देवदहमा लामो समयदेखिख समस्याको रुपमा रहेको भूमिहीन, अव्यवस्थित बासोबास र लालपुर्जाविहीनहरुको समस्या समाधान गर्ने काममा योजनाबद्ध ढंगले लाग्ने प्रतिबद्धता जनाए ।
खरेलले नगरभित्रका बालबालिकाहरुलाई विद्यालयको पहुँचमा पु¥याउने, आगामी ५ वर्षभित्र नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार आवश्यक पूर्वाधारहरु तयार गर्ने योजना पत्रकार सम्मेलनमा सुनाए ।
उनले देवदह आदर्श बहुमुखी क्याम्पसको भौतिक स्तर वृद्धि गरी अनुुसन्धान केन्द्रको रुपमा विकास गर्ने एक विद्यालय एक स्वास्थ्यकर्मी र एक शिक्षक एक ल्यापटपको व्यवस्था मिलाउने जस्ता कार्यक्रम अगाडि सार्दै एमालेले नगरको समग्र बजेटको २० प्रतिशत शिक्षामा लगाउने योजना बनाएको छ ।

त्यसैगरी प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गरी कृषि उत्पादनमा जोड दिने विशेषताका आधारमा कृषि तथा पशुपन्छी पकेट जोन माटोको परीक्षण गरी माटो अनुकुलको उत्पादनलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने कृषिको यन्त्रीकरण र कृषि उपजको बजारीकरण गर्ने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
सडक तथा पूर्वाधारहरुको निर्माण र देवदह (चक्रपथ) निर्माणका लागि सम्भाव्यता अध्यायन र त्यसको कार्यान्वयन गर्ने खरेलले पत्रकार सम्मेलनमा खरेलले आफ्नो धेय रहेको बताए ।

उनले एसईई उच्च शिक्षामा नजोडिएका युवाहरुलाई रुचिका अधारमा प्राविधिक शिक्षाको प्रवन्ध र वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि सिपमूलक तालिम र लघुउद्यम र उद्यमशिलतको बिकास गर्ने योजना एमालेको रहेको बताए छ ।
खरेलले स्थानीय भाषा संस्कृतिको संरक्षण गरी मौलिक संस्कृतिको प्रवद्र्धन स्थानीय मेला पर्व र जात्रालाई विशेष महत्व दिई देवदह प्रज्ञाप्रतिष्ठानको भवन निर्माण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।
खरेलले देवदहलाई सूचनाको हक प्रत्याभूत हुने गरी नागरीकले सूचना पाउने र सन्चार माध्यमको विकासका लागि आवश्यक कार्यक्रम तय गरिने बताए ।

निर्वाचन परिचालन कमिटी संयोजक तथा नेकपा एमाले नगर कमिटी अध्यक्ष टिकाराम चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डा.कृष्ण न्यौपाने, एमाले जिल्ला कमिटी सदस्य तथा देवदह इन्चार्ज यम रानालगायतले एमालेको जित शुनिश्चित भइसकेको बताएका थिए ।