‘जनता एमालेलाई मत हाल्न आतुर छन्, मैले चुनाव जित्दैछु’

मेचीकाली संवाददाता

२७ बैशाख २०७९, मंगलवार
329 shares
डा. रामप्रसाद बस्याल, सिद्धार्थनगर, प्रमुखका एमाले उम्मेदवार

एक कुशल ब्यवसायी तथा राजनीतिज्ञ हुन् डाक्टर रामप्रसाद बस्याल । २०२८ सालदेखि सिद्धार्थनगरमा बसोबास गर्दै आएका बस्यालको जन्म विसं २००३ साल बैशाख २६ गते तानसेन नगरपालिकामा भएको हो । सिद्धार्थनगरको माटोमा लामो समयदेखि अनवरतरुपमा निरन्तर लागेका डाक्टर बस्यालले बिरामीको सेवा गरेरै धेरै समय बिताए । बस्याल परिश्रमी, मिलनसार स्वभावका दया, प्रेम र करुणका प्रतिमूर्ति समेत हुन् । एक असल चरित्र भएका कुशल व्यक्ति डाक्टर बस्याल नेकपा एमालेबाट सिद्धार्थनगरको नगर पदमा उम्मेदवार बनेका छन् । उनै बस्यालसंग समसामयीक विषयमा गरिएको कुराकानीको सम्पादित अंश:

जनताको घर दैलोमा जाँदा जनताको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामी छोटो समयमा सबै वडामा घर दैलो सम्पन्न ग¥यौँ । यति धेरै जनताले सहयोग गर्लान् भन्ने थिएन जनता अगाडी आएर हात मिलाएर मत दिने प्रतिबद्धता दिएका छन् । हाम्रा विभिन्न काम जस्तो हामीले २०७४ सालको निर्वाचन पछि विकास निर्माणदेखि मेयर आवास सम्मका काम ग¥यौँ, जनताका समस्यालाई समाधान गर्न भूमिका खेल्यौँ । जनताको पार्टी राष्ट्रियताका बिभिन्न समस्या समाधान गर्न भूमिका खेलेको पार्टी भएकाले नेकपा एमालेलाई यही वैशाख ३० गते हुन लागेको निर्वाचनमा मत दिई विजयी बनाउनका लागि म हार्दिक अनुरोध गर्दछु ।

एमालेले चुनाव जित्ने आधारहरु केके हुन् ?
हामीहरुलाई जनताले धेरै साथ दिनुभएको छ । हामीले साेंचेभन्दा धेरै सहयोग आएको छ । आफै भेट्नुभएको छ । पार्टी प्रतिको आस्था, जनताको भरोसा, एमालेले गरेको विकास, आगामी दिनमा गर्ने विकासका कारण हामी चुनाव जित्छौँ । सुभेच्छुक तथा पार्टीको एउटा मूल्यांकन यस्तो छ कि अन्य उम्मेदवारभन्दा एमालेका उम्मेदवार राम्रो छबि भएका कसैको अहित नगरेका जीवनमा कुनै दाग नलागेका व्यक्ति एमालेले उठायो त्यसैले सजिलै चुनाव जित्न सकिन्छ भन्ने आम एमालेको धारणा छ । हामी सिद्धार्थनगरमा अन्य पार्टीभन्दा बलियो पनि छौँ । ७४ सालको स्थानीय निर्वाचनको मत परिणाम हेर्नोस न हामी बहुमत मेयर उप मेयर सहित जितेका छौँ । त्यसैले यो चुनावमा पनि हामी सजिलै चुनाव जित्दै छौँ ।

एमाले पहिले जस्तो बलियो छैन भन्ने कुरा आएको छ नि ?
एमाले पहिलेको तुलनामा झनै एक जुट भएको छ । हाम्रा मतहरु एक जुट छन् नेता देखि कार्यक्रतासम्म एकजुट छन् । हाम्रो आपसि साना समस्याहोलान् तर हामी सबै कुरा बिर्सेर यतिबेला चुनावमा होमिएका छौँ । हामी पहिलेको एमालेको तुलनामा थप बलियो र एकताबद्ध भएका कारण सिद्धार्थनगरमा बहुमतका साथ चुनाव जित्दै छौँ । हामीसँग डराएर जताततै ५ दलको गठबन्धन छ आखिर किन छ त ? हामीसंग डराएर उनिहरु गठबन्धन गरेका छन् । नेकपा एमाले एकताबद्ध भएर आयो एक जुट छ भन्ने ठूलो डर सबैलाई छ हामी एक मत भएका कारण उनीहरुको खुट्टा कामेका छन् । आत्तिएका छन् । उनीहरु पराजित भइसकेका छन् भन्ने आम जनमानसको आँकलन रहेको छ ।

तपाईँको प्रतिस्पर्धा कोसँग छ नि ?
संगठनका आधारमा जनताको अपार सहयोग सद्भावका आधारमा हामी सबैभन्दा अगाडि छौँ । हाम्रो प्रतिस्पर्धा कसैसंग छैन । हामी अन्य पार्टीभन्दा धेरै माथि छौँ । हाम्रो सगठन, हाम्रा जनवर्गिय संगठन धेरै क्रियाशील छन् । अरु हाम्रो तलनामा छैनन् हामी धेरै अगाडि र अरु पछाडि छन् त्यसैले हाम्रो प्रतिस्पर्धा नै छैन । हामीले गरेको मेहनत, निष्ठा, जनतालाई गरेको सहयोग, मेरो त्याग जनताप्रतिको निशुल्क सेवाका कारण हामीले चुनाव जित्ने आधार हो ।

जनताले यहाँलाई र नेकपा एमालेलाई भोट किन दिने ?
नेकपा एमालेले जनताका काम गरेको छ । यो पार्टी जनताको पार्टी हो । जनताका समस्याहरु समाधान गर्नका लागि नेकपा एमालेलाई मत दिनु अहिलेको आवश्यकता हो । एमालेले लिएको राष्ट्रियताको अडानका कारण अन्य पार्टीहरु एमाले अझ ठूलो शक्ति हुने भयो भने अत्तालीएर गठबन्धन गरेका छन् । उनिहरु जति गठबन्धन गरेपनि एमालेलाई जनताको साथ र सद्भाव छ त्यसैले हामी चुनाव जित्छौँ त्यसैले नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा म मत दिन हार्दिक अनुरोध गर्दछु । नेकपा एमालेले सिद्धार्थनगरमा विगतमा गरेका विकासलाई प्राथमिकतम दिनका लागि नेकपा एमालेलाई मत दिनुपर्छ । विकासको गतिलाई तिद्र बनाउनका लागि, राष्ट्रियता बलियो बनाउन एमालेलाई मत दिनुपर्छ ।

सिद्धार्थनगरमा यहाँ मेयर पदमा विजयी हुनुभयो भने के के गर्नुहुन्छ नि ?
म यस नगरमा रहेर राष्ट्रको गौरब बनेका पत्रकारिता, पर्यटन, साहित्य, संस्कृति, कृषि, उद्योग, ब्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद, सहकारी आदि क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई सिद्धार्थ रत्नकारुपमा सम्मान गरिने छ । त्यसैगरी नगरपालिकाले तोकेको रङको पेन्टमा कर छुट गर्ने छु । छाडा चौपायाको नियन्त्रण गर्ने छु । नगर युवा परिषद् गठन गरी युवाका समस्या समाधान गर्ने छु । यस नगरलाई पर्यटकीय नगर बनाउन मेरो अहम् भूमिका हुने छ । अटो भिलेज व्यवस्थित गर्ने छु । सिद्धार्थ चक्र पथको निर्माण गर्ने छु । गरिब परिचय पत्र बाहक घर परिवारलाई मासिक ८ हजार लिटरसम्म खानेपानी तथा ५० युनिटसम्मको विद्युत् निशुल्क उपलब्ध गराउने छु ।
*****

‘युवाले नेतृत्व लिए नगरको विकास गर्न सक्छन्’

४१ वर्षीय उमा अधिकारी दुई दशकभन्दा लामो समयदेखि नेकपा एमालेको सक्रिय राजनीतिमा क्रियाशील छन् । राजनीतिसँगै खेलकुदलगायत अन्य सामाजिक क्षेत्रमा क्रियाशील उमा अधिकारी सिद्धार्थनगर–७ की बासिन्दा हुन् । एमालेको तर्फबाट सिद्धार्थनगर नगरपालिकाको उपमेयर पदको उम्मेदवार रहेकी उनले स्नातकोत्तरसम्म अध्ययन गरेकी छन् । महिला अधिकार स्थापित, युवालाई रोजगार, शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको विकासमा आफूले परिवर्तन चाहेको उनी बताउँछिन् । प्रस्तुत छ निर्वाचन विशेषमा रहेर अधिकारीसँग गरिएको कुराकानीको सारसंक्षेप ।

उमा अधिकारी, सिद्धार्थनगर, उपप्रमुखका एमाले उम्मेदवार

तपाईँको राजनैतिक पृष्ठभूमिका बारेमा बताउनुहोस् न ।
म करिब २२ वर्षदेखि सक्रिय राजनीतिमा छु । विद्यार्थी जीवनबाट मैले राजनीतिक यात्रा सुरु गरेकी हुँ । २०५६ सालमा म एमालेको भातृ संगठन अनेरास्ववियुमा आबद्ध भए । त्यसको एक वर्षपछि सदस्यता लिएँ । २०६० मा अनेरास्ववियुबाट उम्मेदवार बनेर भैरहवा बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष निर्वाचित भएँ । त्यसपछि संगठनको जिल्ला, तत्कालीन अञ्चल हुँदै केन्द्रिय समस्य भएँ । विद्यार्थी जीवनबाट बाहिर आएपछि म एमालेको सक्रिय राजनीतिमा निरन्तर क्रियाशील छु । नगर, क्षेत्र हँुदै अहिले दुई कार्यकाल भयो एमाले जिल्ला कमिटी सदस्य छु । अखिल नेपाल महिला संघको केन्द्रिय सदस्यसमेत छु । जिल्लामा विद्यार्थी संगठनको सह–इन्चार्जको रुपमा काम गरिरहेकी छु । अन्यायकाबिरूद्धमा र न्यायको पक्षमा लड्नु पर्छ भन्ने मेरो सानैदेखिको भावना थियो । यही भावनालाई आत्मासाथ गर्दै राजनीतिमा क्रियाशील रहँदै आएकी छु । मेरो अठोटअनुसार काम पनि गरेकी छु । मेरो राजनीतिक यात्रामा आमाबुवा, श्रीमान्, सासुआमालगायत परिवारको ठूलो योदान छ । सबैको सहयोग, सद्भाव, प्रेरणाका कारण आज म उपमेयरको उम्मेदवार भएर नगरबासी समक्ष आएकी छु ।

सिद्धार्थनगरको उपमेयर पदमा यहाँको उम्मेदवारी किन ?
मसँग दुई दशक लामो राजनीतिक र सामाजिक अनुभव छ । अवसर पाए महिलाहरूले पनि नेतृत्व सम्हाल्न सक्छन् भन्ने कुराको आत्मविश्वास भएका कारण पनि मैले उपमेयरमा उम्मेदवारी दिएकी हुँ । समृद्ध सिद्धार्थनगर मेरो सपना छ । त्यसलाई पूरा गर्न म आतुर छु । राजनीतिक आन्दोलन सँगसँगै विभिन्न सामाजिक संस्थामा रहेर सफलतापूर्व नेतृत्व गरेकी छु । मसँग आत्मविश्वास छ । अवसर पाए नगरको विकास गर्न थुप्रै योजना बनाएकी छु । जिम्मेवारी पाएमा कुशलतापूर्वक नेतृत्व गर्न सक्छु भन्ने हेतुले म उपप्रमुखको उम्मेदवार भएकी हुँ । पार्टीले पनि मलाई सक्षम देखेर नै उम्मेदवार बनाएको हो । यदि मैले अवसर पाएँ महिलालाई नेतृत्व दियो भने असल, इमान्दार र कर्मनिष्ठ तरिकाले काम गर्न सक्छन् भन्ने कुरालाई स्थापित गराउने छु । अर्कातर्फ म युवा हुँ, युवादेखि बृद्धसम्मको भावना बुझ्न सक्छु । लामो समय यही रहेकाले सिद्धार्थनगरको वास्तविक धरातल बुझेकी छु । नगर कस्तो हुनुपर्छ र बनाउनुपर्छ भन्ने मसँग स्पष्ट योजना र खाका छ । अनुभवलाई व्यवहारमा उतार्न सबैको साझा उम्मेदवार भएर आएकी छु भन्ने मलाई लाग्छ ।

नगर विकासमा यहाँले कस्ता किसिमका योजना बनाउनुभएको छ ?
यो नगरलाई शान्त, सभ्य, सुन्दर, स्वच्छ, स्वस्थ र समृद्ध पर्यटकीय बुद्ध नगरीका रूपमा विकसित गर्न आवश्यक योजना बनाई अगाडि बढ्ने छु । यसबारे हाम्रो नेकपा एमालेले विस्तृत विवरणसहितको घोषणा पत्र लिएर मतदाता समक्ष पुगिरहेको छ । निर्वाचित भएमा हामीले बनाएका योजना यथेष्टरुपमा पूरा गर्न लाग्ने छौं । यसका साथसाथै अन्य राजनीतिक दलहरूले अगाडि सार्नुभएका राम्रा योजनालाई सबै क्षेत्रको सहकार्यमा अगाडि बढाइने छ । नगरको मुख्य समस्या भनेकै फोहोर व्यवस्थापन, शहरी सुद्धिकरण तथा सबै वडाहरूमा समानुपातिक विकासको खाँचो हो । यसमा हामीले काम गर्ने छौं । शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन क्षेत्रको समुचित विकासको खाँचो यहाँ छ । सँगसँगै सबै जातजाति, धर्म–संस्कृति, समुदाय, भाषाभाषी, वर्ग, क्षेत्र, लिंगको संरक्षण र विभेद अन्त्यको नीति, बेलहिया नाका थप सुदृढ, नगरलाई गाउँपालिकासँग जोड्न चक्रपथ निर्माण, गाउँका उत्पादनलाई सहर र सहरका उत्पादन गाउँसम्म पु¥याउन विशेष योजना अगाडि बढाइने छ । त्यस्तै नजिकका गाउँपालिकाका वडाहरूलाई जोडेर उपमहानगर र विस्तारै महानगर बनाउन पहल, जातीय विभेद र छुवाछुतको अन्त्य गर्न सचेतनामूलक र सीपमूलक कार्यक्रम संचालन, निम्न वर्गका महिलाहरूका लागि उचित मापदण्डका आधारमा नगरपालिकाबाट निःशुल्क कानूनी उपचारमा पहल तथा रोजगारी र सीप विकास गर्न पहल गर्ने छु । यस्तै भ्रष्टाचारमुक्त नगर निर्माण गर्न पारदर्शिताको नीति अबलम्बन गर्ने, खेलकुद क्षेत्रको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माण, उद्योगी–व्यवसायी, होटल व्यवसायी, पर्यटन व्यवसायी, यातायात व्यवसायी, सडक निर्माण लगायतको समस्या समाधान गर्न पहल गर्ने योजना बनाएकी छु ।

तपार्इँहरुको योजनाको बारेमा बताउनुहोस् न ।
भैरहवा मण्डप निर्माण, युवा स्वरोगारका कार्यक्रम सञ्चालन, सार्वजनिकस्थलहरूको भरपूर्ण प्रयोग गरी फ्रि वाइफाइ जोनको व्यवस्था, कृषि आधुनिकी करण, ट्राफिक व्यवस्थापन, स्वास्थ्य तथा शिक्षामा सबै नगरबासीको सहज पहुँच, गृहणी सीप तालिमको संचालन, बालिबिबाह, लागूऔषध दुव्र्यसनीको निराकरण, एकल महिला तथा गरीब परिवारका लागि उचित कार्यक्रम, अपांगमैत्री सिद्धार्थनगर बनाउने लगायतका योजना छन् । यसअघि एमालेले नेतृत्व गर्दा नगरको विकासको जग बसालेको छ । पहिलाका कामलाई निरन्तरता दिँदै थप योजनाहरुलाई मूतरुप दिने हाम्रो योजना छ । मेरो अठोट समृद्ध सिद्धार्थनगर हो । यसमा लाग्ने छु ।

तपार्इँले जित्ने आधार के छन् नि ?
मैले जित्ने पहिलो आधार भनेकै पार्टी संगठन हो । एमाले नेतृत्वको यसअघिको स्थानीय सरकारले गरेका काम हुन् । अर्को कुरा हाम्रो पार्टी नेकपा एमालेले राष्ट्रियता, राष्ट्रि अखण्डता र स्वाभिमानका पक्षमा लिएको अडान, एमालेप्रति जनताको आशा, भरोसा र विश्वास, मेरो समाजसेवा र राजनीतिप्रति निरन्तरता, सक्रियता, इमान्दारिता, सक्षमता, योग्यता हो । साथसाथै यहाँका सचेत र शिक्षित मतदाताहरूले योग्य उम्मेदवार रोज्नु नै मैले जित्ने आधारहरू हुन् । महिला अधिकार र महिला हिंसाविरूद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छु । राजनीतिक जीवनमा म कहीकतै गलत नियत राखेकी छैन । जहाँ नेतृत्व लिएकी छु, त्यहाँ कुशलतापूर्वक नेतृत्व सम्हालेकी छु । यी नै मेरा जित्ने आधारहरू हुन् । अर्कातर्फ म खेलकुद क्षेत्रमा लामो समयदेखि क्रियाशील हुँदै आएकी छु । खेल क्षेत्रको विकासबारे ज्ञान छ, सबै खेलप्रेमीले मलाई जिताउन लागि पर्नुभएको छ । यहाँ असल, सक्षम र कुशल मतदाता हुनुहुन्छ । युवा हुँ, युवाले नेतृत्व लिए नगरको विकास गर्न सक्छन् भन्ने धेरैकी प्रतिक्रिया पाएकी छु ।