६२५ पालिकाको मत परिणाम सार्वजनिक: कांग्रेस पहिलो, एमाले दोस्रो

मेचीकाली संवाददाता

६ जेष्ठ २०७९, शुक्रबार
538 shares

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिलेसम्म ६ सय २५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४ वटा नगरपालिका र ४ सय २१ वटा गाउँपालिका गरी ६ सय २५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

नेपाली कांग्रेस
अहिलेसम्म नेपाली कांग्रेस २ सय ७८ वटा पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले नगरपालिकामा एक सय वटाभन्दा धेरैमा जित हासिल गरेको छ । १ सय २ नगरपालिका र १ सय ७६ गाउँपालिका गरी २ सय ७८ वटा पालिकामा कांग्रेसले मेयर तथा अध्यक्ष जितेको हो ।

यस्तै, कांग्रेसले ७५ वटा नगरपालिकाको उपमेयर र १ सय ७७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले अहिलेसम्म २ सय ५२ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको हो । नेपाली कांग्रेस २ हजार ३ सय ६१ वटा वडाअध्यक्ष पदमा विजयी भएको छ ।

नेकपा एमाले
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५८ वटा नगरपालिकाको मेयर र १ सय १४ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय ७२ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै, एमालेले ७७ वटा नगरपालिकाको उपमेयर, १ सय १७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले अहिलेसम्म १ सय ९४ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ तर एमालेले कांग्रेसले भन्दा २ वटा नगरपालिकामा उपमेयर बढी जितेको छ । एमाले २ हजार १७ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएको छ ।

माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ ।

माओवादी केन्द्रले २८ वटा नगरपालिकाको उपमेयर, ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १७ वटा उपमेयररउपाध्यक्ष जितेको छ । माओवादी केन्द्रबाट ९ सय ८३ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर र ८ वटा गाउँपालिकाको अध्यक्षमा गरी जम्मा १४ वटा प्रमुखमा जितेको छ । समाजवादीले ८ वटामा उपमेयर जितेको छ ।

जसपा
जनता समाजवादी पार्टी ९जसपा० ले अहिलेसम्म १६ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १३ वटामा उपाध्यक्ष र २ सय ३२ वटामा वडाअध्यक्ष जितेको छ ।

स्वतन्त्ररअन्य दल
यस्तै स्वतन्त्र र अन्य दलले गरी ३३ वटा पालिकामा मेयररअध्यक्ष जितेका छन् । स्वतन्त्र र अन्य दलहरुले ४१ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका निर्वाचन आयोगले जनाएको छ ।