शुद्दोधनको १५ औ स्थापना दिवसको अवसरमा वृक्षरोपण तथा शेयर सदस्य स्थानीय जनप्रतिनिधि सम्मान कार्यक्रम

मेचीकाली संवाददाता

१४ जेष्ठ २०७९, शनिबार
386 shares


तुलसीराम पौडेल
सियारी, जेष्ठ १४
रुपन्देहीको सियारी गाउपालिका -७ पश्चिम् अमवा स्थित शुद्दोधन बचत तथा ॠण सहकारी सस्था लिमिटेडको आफ्नो १५ औ स्थापना दिवसको अवसरमा सहकारीले विविध कार्यक्रमहरु सम्पन्न गरेको छ। शनिबार आफ्नो कार्यालय परिसरमा कागती ,आँप ,अम्बा ,अशोक ,धुपी ,किस्मस ट्री ,गुलाब ,जाइका लगायतका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको हो। संस्थाका अध्यक्ष मिननाथ शर्माले बिरुवा रोपेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो। कार्यक्रममा हालै सम्पन्न स्थानिय निकायको निर्वाचनमा निर्वाचित शेयर सदस्य जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियोे ।कार्यक्रम संयोजक रिषी न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित सियारी वडा नम्बर ६ का अध्यक्ष शेर बहादुर गुरुङ , सहकारीका अध्यक्ष मिननाथ शर्मा , सहकारीका पुर्व अध्यक्ष झपेन्द्रराज अर्याल ,संस्थापक अध्यक्ष अजय अधिकारी ,शेयर सदस्य प्रकाश रेग्मी ,रत्न बहादुर पौडेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।
सहकारीका उपाध्यक्ष कृष्ण प्रसाद नेपालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचीव टंक नारायण आचार्यले गर्नुभएको थियोे ।