

काठमाडौं । तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाजको खोजी तीव्ररुपमा भइरहेको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै पोखराबाट स्थानीय समयअनुसार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको जनाएको छ ।
जहाजको अवस्थाका बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकामा प्रतिकूल मौसमका कारण उक्त हेलिकप्टर पुनःजोमसोम नै फर्किएको छ ।
काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धारकार्यका लागि थप हेलिकप्टर तयारी अवस्थामा रहेकाले मौसम सुधार आउनासाथ हवाईमार्गबाट खोजकार्य पुनःसुरु गरिने केन्द्रले जनाएको छ । स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको केन्द्रले जनाएको छ ।
जहाजमा सवार १९ यात्रु र ३ जना चालक दलका सदस्यको नामावली
१ इन्द्र बहादुर गोले
२ पुरुषेत्तम गोले
३ राजन कुमार गोले
४ बसन्त लामा
५ गणेश नारायण श्रेष्ठ
६ रवीना श्रेष्ठ
७ रस्मी श्रेष्ठ
८ रोजिना श्रेष्ठ
९ प्रकाश सुनुवार
१० मकर बहादुर तामाङ
११ राममाया तामाङ
१२ सुकुमाया तामाङ
१३ तुल्सादेवी तामाङ
१४ अशोक कुमार त्रिपाठी
१५ धनुष त्रिपाठी
१६ ऋतिका त्रिपाठी
१७ युवी विल्नर
१८ वैभवी बाण्डेकर
१९ मिक ग्र्याट
चालकदलका सदस्य
१ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
२ सहायक पाइलट उत्वस पोख्रेल
३ विमान परिचारिका क्रिस्मी थापा