हाम्रो जागृति सगरमाथा सहकारीद्धारा नवनिर्वाचीत जनप्रतिनिधीहरुलाई सम्मान

मेचीकाली संवाददाता

१५ जेष्ठ २०७९, आईतवार
551 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटी स्थित हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले नवनिर्वाचीत जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ ।

स्थानिय तह निर्वाचनबाट विजयी भएका तिलोत्तमा नगरपालिका–२ का ५ जना जनप्रतिनिधीहरुलाई आइतबार सम्मान गरिएको हो । संस्थाले तिलोत्तमा–२ का वडा अध्यक्ष डिलबहादुर भट्टराई वडा सदस्यहरु खेमराज पाठक, सावित्रा आचार्य, पुर्णकला भट्टराई विस्वकर्मा र डोलबहादुर थापालाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष लोकनाथ पाण्डेले सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला शसक्तीकरण, फोहोर व्यवस्थापन र हराभरा नगर बनाउन सधैं सहकार्य गर्ने बताए । अध्यक्ष भट्टराईले सहकारीले आयोजना गर्ने बिभिन्न कार्यक्रममा साथमै रहने पतिवद्धता जनाए । साथै सांस्कृतीक, भौगोलिक, सामाजीक सुन्दरतालाई प्रवर्दन गर्ने बताए ।

५ जना नवनिर्वाचीत जनप्रतिनिधी मध्ये ४ जना संस्थाका सदस्य पनि हुन् ।
कार्यक्रम संस्थाका अध्यक्ष पाण्डेको अध्यक्षता, उपाध्यक्ष होम प्रसाद शर्माको स्वागत र सचिव तोलाकान्त डुम्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।