शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाई

मेचीकाली संवाददाता

२२ जेष्ठ २०७९, आईतवार
490 shares

बुटवल । मानव अधिकार समूह बुटवल उपमहानगरपालिककाले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा देखिएका समस्या पहिचान र समाधानका लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मानव अधिकार समूह बुटवलका अध्यक्ष कमला भण्डारी ज्ञवालीको अध्यक्षता, बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेवी अर्यालको प्रमुख आतिथ्यता, बुटवल ११ का वडा सदस्य नकुल शाही, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, होटल व्यवसायी संघका महासचिब माधव खनाल, उपभोक्ता हित संरक्षण मञ्चका संयोजक समुन्द्र जिसी, बुटवल उपमहानगरपालिका शिक्षा शाखा अधिकृत कमला चुँदाली, नगर खेलकुद समिती संयोजक प्रेम बहादुर बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै बुटवलकी उपप्रमुख अर्यालले नागरिकसँग प्रत्यक्ष रुपमा जोडीएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको समस्या समाधान गर्न आफूले निरन्तर काम गर्ने बताइन् । नगरभित्र देखिएका हरेक प्रकार समस्याहरुलाई समाधान गर्न मानव अधिकार समूहको पहल सकरात्मक रहेको उनले बताइन् । शिक्षा, स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा उपमहानगरपालिका सबै पक्षसँग सहकार्य गर्न तयार रहेको बताउँदै नगरभित्रका समस्या पहिचान र समाधानका लागि सबैले आपनो ठाउँबाट सहयोग गर्न आग्रह गरिन् । बजार अनुगमनलाई तीव्रता दिने बताउँदै उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गर्ने सबैलाई कारवाही गर्ने उनले बताइन् ।

कार्यक्रमको सञ्चालन इन्सेक सहजकर्ता विष्णु घिमिरेकाे सन्चालन तथा मानवअधिकार समूह सदस्य बाबुराम पाैडेलकाे स्वागत मन्तव्य तथा कमला भण्डारी अध्यक्ष तामा सम्पन्न भएको थियाे । मानव अधिकार समूहले बुटबलमा उपमहानगरपालिकाभित्र कार्य क्षेत्र बनाएर शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरी समाधानका लागि पहल गर्दै आएको छ ।