‘आश्रितले देखाएको बाटोमा हिँड्न जरुरी’

मेचीकाली संवाददाता

२३ जेष्ठ २०७९, सोमबार
417 shares

बुटवल । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विचार, सिद्धान्त र आदर्श विपरीत नेताहरु हिँडेका कारण पार्टीमा समस्या परिरहेको नेकपा एमालेका नेताहरु तथा बुद्धिजीवीले बताएका छन् । वक्ताहरुले पार्टीमा अहिलेको अवस्था सिर्जना हनुमा मदन र आश्रितको विचार र भावनामा हिँड्न नसक्नु र व्यक्तिगत स्वार्थ हावी हुनु रहेको बताएका हुन् ।

जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको एघारौ साधारणसभा तथा चौथो अधिवेशको उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरुले अहिले पार्टीमा कुशल संगठक आश्रितको अभाव खड्किएको पनि बताए । कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य शिवराज सुवेदीले आश्रितले देखाएको बाटोमा हिँड्न जरुरी रहेको बताए । आश्रित प्रतिष्ठाका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरेले कम्युनिष्ट पार्टीहरु आश्रितको भावना र संगठनको अनुशासनमा हिँड्न नसकेको बताए । पार्टीमा देखिएका समस्या यसैको उपज भएको भन्दै उनले जनताको सेवामा भन्दा आफ्नो स्वार्थमा केन्द्रित हँुदै जादा समस्या बढ्दै गएको बताए ।

एमाले नेता बाबुराम भट्टराईले सबैले आश्रितका विचारहरुलाई पच्छाउँदा समाज परिवर्त गर्न सहज हुने बताए । उनले पार्टीमा अनुशासनको खडेरी परेकोले सबैले उनको जीवनशैली, संगठनमा रहँदा गरेका कामको मसिनो गरी अध्यन गर्न र सोही बाटोमा हिँड्न जरुरी रहेको बताए । आश्रित प्रतिष्ठाका प्रथम उपाध्यक्ष चरणदास तिमिल्सेनाले आश्रितको विचार सबैका लागि मार्गदर्शक भएको बताए । नेपाली समाजमा आश्रितको अतुलनीय योगदान रहेकाले सबैले नले देखाएको बाटोमा हिँडे समाज परिबर्तन हुने बताए । कार्यक्रममा अध्यक्ष उमाकान्त बस्यालले प्रतिष्ठानको सोच लक्ष्यअनुसार काम भैरहेको बताए । कोरोना कहरका कारण प्रतिष्ठानका काम सोचेअनुसार सबै गर्न नसकिएको पनि बताए ।

कार्यक्रममा महासचिव कल्पना थापाले प्रतिष्ठानको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष प्रकाश अर्याले प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिष्ठानले आफ्ना गतिविधि र जीवराज आश्रितसँग सम्बन्धित लेख रचना भएको दोस्रो आश्रित स्मारिकाको विमोचन पनि गरिएको थियो ।

वराज आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा चरणदास तिमेल्सेना
चौथो अधिवेशनले चरणदास तिमेल्सेनाको अध्यक्षतामा सत्ताइस सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । प्रतिष्ठानको प्रथम उपाध्यक्षमा युवराज घिमिरे, उपाध्यक्षहरुमा नारायणबावु बस्नेत, भूमिलाल सापकोटा, विमला श्रेष्ठ, ऋषिराम पाण्डे, होमराज बस्या निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा कल्पना थापा, सचिव बिष्णु केसी, कोषाध्यक्षमा प्रकाश अर्याल र तीनजना सहसचिवमा शुसिला न्यौपाने, निर्मल पाण्डे, मोहोनिलाल रिजाल, निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा गोपाल न्यौपाने, कृष्णकुमारी थापा, कृष्ण पोखरेल, टोपलाल शर्मा, राजेन्द्र क्षेत्री, केशव भण्डारी, लक्ष्मीदेवी ज्ञवाली, तुल्सीराम पोखरेल, अनन्तराज सिलवाल, दुर्गा गौतम, अप्सरा पाण्डे, जुनाकुमारी शर्मा निर्वाचित भएका छन् । अधिवेशनले रामप्रसाद पाण्डेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि निर्वाचित गरेको छ ।

लेखासमिति सदस्ययमा हिराबहादुर केसी र नारायण अर्याल रहेका छन् । संस्थापक सदस्य एकसय ९३ आजीवन सदस्य, ४३ विशिष्ट सदस्य, १०२ संस्थागत, दुई स्थायी, साधारण सदस्य ६२ गरी चारसय दुई जना संस्थाका सदस्य रहेका छन् । आजिवन र विशिष्ट सदस्यका लागि सदस्यता खुला गरेको प्रतिष्ठानले अध्यक्ष चरणदास तिमेल्सेनाले जानाकारी दिए । ।