सुक्खानगरमा जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रालि सञ्चालन

मेचीकाली संवाददाता

२७ जेष्ठ २०७९, शुक्रबार
319 shares

नगेन्द्र केसी
भुजौली । बुटवल–८ सुक्खानगरमा जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रालि सञ्चालनमा आएको छ । शुक्रबार लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवले प्रालिको उद्घाटन गरे ।

उद्धाटन पश्चात् बोल्दै मन्त्री यादवले जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रालि सञ्चालनमा आएसँगै प्रदेश सरकारलाई ठुलो सहयोग पुग्ने बताउँदै शुभकामना दिए । मन्त्रालयले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गदै मन्त्री यादवले अबका दिनहरूमा कुनै पनि पुर्वाधार निर्माण कार्यहरु गुणस्तरीय बनाउन पुर्वाधार निर्माण कार्यमा सबै ईन्जिनियरहरु एकजुट भएर लाग्नुपर्ने बताए । उनले गुणस्तरीय काम गर्न आग्रह समेत गरे ।
बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले राज्यको पुर्वाधार निर्माण कार्यमा इमानदारीपूर्वक काम गर्न आग्रह गर्दै अबका दिनमा पालिकाका निर्माणका काममा यस संस्थालाई जिम्मेवारी थपिएको बताए । पालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रालिका व्यवस्थापन समिती सदस्य केशब क्षेत्रीले स्वागत तथा संस्थाको बारेमा प्रकाश पार्दै प्रालिले ल्याबमा गरिने विभिन्न निर्माण सामग्रीहरु गिट्टी, बालुवा, सिमेन्ट, छड, अलकत्र, माटोको गुणस्तर परिक्षण गरिने, विभिन्न्न सिपमुलक ल्याब टेक्निसियन,प्लम्बिङ,वाइरिङ्ग,डकर्मीको तालिम प्रदान गरिने छ।यस्तै दक्षजनशक्ति परिपुर्ति र सिभिल इन्जिनियरिङ सम्बन्धि काम हुने बताए ।

कार्यक्रममा नेपालको पुर्वाधार बिकासमा गुणस्तर नियन्त्रणको महत्व दृष्टिकोण, सम्भावना र चुनौतीहरु विषयक गोष्ठी गरिएको छ । गोष्ठीमा मुख्य प्रस्तुतकर्ताको रुपमा MSC Geotechnical इन्जिनियर रामबाबु पौडेलले रहेका थिए । भने टिप्पणीकर्ताको रुपमा प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेल, यातायात पुर्वाधार निर्देशनालय भुमार्जुन पाण्डे, बाणगंगा सिचाइ ब्यवस्थापन सिडिइ कोपिला श्रेष्ठलगायत विभिन्न राजनीति दलका प्रतिनिधि लुम्बिनी प्रदेशका विभिन्न नगर पालिका गाउँ पालिकाका इन्जिनियर बुद्धिजीवी हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालक समिती अध्यक्ष गणेश सापकोटाको अध्यक्षता, लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेको विशिष्ट आतिथ्यता तथा सञ्चारकर्मी अर्जुन खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।