एम्स कलेजमा स्वागत र विदाई

मेचीकाली संवाददाता

२८ जेष्ठ २०७९, शनिबार
490 shares

बुटवल, जेठ २८ । एम्स कलेज बुटवलमा अध्ययनरत बिबिएस दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले एक कार्यक्रमबीच नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत र बिबिएस तहको अध्यापन पूरा गरेका विद्यार्थीहरुलाई विदाई गरेका छन् ।
बुटवल औद्योगिक क्षेत्रका इन्जिनियर भोलानाथ भुर्तेलको प्रमुख आतिथ्यता, कलेजका प्रबन्ध दिर्देशक गोपालप्रसाद न्यौपाने र क्याम्पसा प्रमुख दिपक ढकालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता चौथो वर्षका दिपेश भुषालको रहेको थियो ।

कार्यक्रममा बोल्दै अतिथिहरुले अहिलेको विश्वव्यापीकरणको व्यवसायिक युगमा व्यवस्थापनको बढ्दो महत्वको बारेमा चर्चा गर्दै अवसरको सदुपायोग र चुनौतीको सामना गर्न हरेक क्षेत्रबाट सक्षम हुनुपर्ने कुरामा जोड दिए । विद्याथीहरु रामप्रकाश पाण्डे, मुना घिमिरेलागायत कार्यक्रम संयोजक सन्जिव भन्डारीले आ–आफ्नो धारणा राखेका थिए ।
औपचारिक र अनौपचारिक गरी दुई शत्रमा भएको कार्यक्रमा विद्यार्थीहरुले विभिन्न रचनात्मक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए भने स्वागत र बिदाई हुने विद्यार्थीहरुलाई अतिथिहरुबाट मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम विद्यार्थीहरु केवलराज गिरी, लक्षिता खनाल र ईशा पाण्डेले सञ्चालन गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरष्कृत गरिएको र क्याम्पसका निवर्तमान अध्यक्ष रामप्रकाश पाण्डेद्वारा नव निर्वाचित अध्यक्ष लक्षिता खनाललाई पदभार हस्तान्तरण गरिएको थियो ।