नेतृत्व विकास तालिम

मेचीकाली संवाददाता

२८ जेष्ठ २०७९, शनिबार
504 shares

कपिलवस्तु । अपाङ्गता भएका व्यक्तिहरुलाई दयामाया मात्र होइन अवसरको खाँचो छ भन्ने मूल नारासहित एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

शिवराज नगरपालिकामा एक कार्यक्रमका बिच सम्पन्न भएको तालिममा नेतृत्व कसरी गर्नुपर्छ भन्ने विषयमा सहजीकरण गर्दै अपाङ्ग उत्थान सञ्जालका सदस्य प्रकाश खनाल, ढाकाराम अधिकारीलगायतले सहभागीहरुलाई प्रष्ट पारेका थिए । विभिन्न पालिलाबाट आएका सहभागीहरूबाट उठेका सवालहरुलाई उदाहरणसहित प्रशिक्षकले प्रष्ट पारेका थिए ।

साथै सोही कार्यक्रममा सन्तोष आचार्यको अध्यक्षतामा ११ सदस्यीय नगरस्तरीय अपाङ्ग सञ्जाल गठन गरिएको छ । दिपक खड्काको अध्यक्षता, ढाकाराम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने सन्तोष आचार्यको स्वागत रहेको कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागीता रहेको थियो । कार्यक्रम अपाङ्ग उत्थान समाज कपिलवस्तुको आयोजना र नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा भएको हो ।