गार्गी एकेडेमीमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

मेचीकाली संवाददाता

३१ जेष्ठ २०७९, मंगलवार
528 shares

बुटवल । बुटवल–११ देविनगर स्थित गार्गी एकेडेमीमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । मंगलबार सम्पन्न भएको कार्यक्रममा शैक्षिक सत्र २०७९ मा भर्ना भएका तीन सय ६३ जना नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष रण बहादुर थापा र विद्यालयका प्राचार्य भुवन अधिकारी लगायतले संयुक्त रुपमा स्वागत गरेका थिए ।
प्रतिस्पर्धात्मक एवमं गुणस्तरीय ज्ञानका लागि गुणस्तरीय शिक्षा भन्ने मुल मन्त्रका स्थापना भएको यस संस्था अधिकांस विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको प्राचार्य अधिकारीले बताए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको हो । शैक्षिक संयोजकद्धय समिर अधिकारी र विष्णु सुवेदीको स्वागत र अतिरिक्त क्रियाकलाप संयोजक भिम बहादुर चौधरीका सञ्चालनमा कार्यक्रम भएको थियो । हाल यस संस्थामा एक हजार ७७१ जना विद्यार्थी अध्ययनरत छन् ।