तिलोत्तमामा युवतीको रहस्यमय मृत्यु, श्रीमानले नै हत्या गरेको माइती पक्षको आरोप

मेचीकाली संवाददाता

३१ जेष्ठ २०७९, मंगलवार
413 shares

बुटवल । रूपन्देहीको तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीकी २५ वर्षीया धनकुमारी गिरी (सुविना) को रहस्यमय मृत्यु भएको हो ।

आफ्नै पति सञ्जय गिरीले सञ्चालन गर्दै आएको मिलन रेष्टुरेन्टमा झुण्डिएको अवस्थामा फेला पारेको बताएकाले माइती पक्षले सुविनाको हत्या भएको र उक्त रहस्यमय हत्यामा पति सञ्जयकै हात रहेको आशंका गर्दै सत्यतथ्य निश्पक्ष छानबिनका लागि इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् । मंगलबार बेलुकी कावासोती नगरपालिका–१६ डण्डा निबासी बुबा नरु गिरीले जाहेरी दर्ता गराएका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलले घटनाको प्रारम्भिक अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा डिएसपी ठगबहादुर केसी घटनाको अनुसन्धान भइरहेको बताए । मृतकका २ जना नाबालक छोराछोरी छन् ।

हत्याका आशंका
१) झुण्डिएको देख्ने कोही नभएको । आफैले उद्धार गरेर ल्याएको बताएपनि हस्पिटल आउने बेलासम्म आफनो भान्जा बाहेक कसैलाई जानकारी नगराएको ।
२) झुण्डिएको हो भने जोडिएका घरका छिमेकीलाई समेत हारगुहार नगरिएको ।
३) राति १ बजे एक किमि टाढाको घरबाट सुविना रेष्टुरेन्टमा किन गइन त ? आत्महत्या गर्ने भए एक किमीको बाटोको धेरै भाग सुनसान छ, रातिको बेलामा अन्यत्र पनि सुसाइट गर्न सक्ने ठाउँ र सम्भावना छ । तर त्यहीँ रेष्टुरेन्टमा किन गइन मध्यरातमा ?
४) रेष्टुरेन्टमा रहेको भनिएका पतिले अन्तिम ग्राहक सबा ११ बजेतिर गइसकेका थिए भनेर बताएपनि आखिर १ बजेसम्म किन को संग त्यहाँ बसे ? अरुबेला सधैं घरमा जाने त्यसदिन त्यतिबेलासम्म किन बसे ?
५) झुण्डिएको भनिएको स्थानमा टेबुल रहेको र झुण्डिदा छट्पटी हुदा समातेर उभिन मिल्ने अवस्था रहेको ।
६) केही कुर्सीहरु पल्टाएर राखेको, चुरोटका ठुटा, मासुका टुक्रा, वियरका बोत्तल, फुटेको वियर गिलास त्यहीँ परिसरमा रहेको ।
७) एकजोर लेडिज र अर्को जेन्सका चप्पल त्यहीँ रहेको ।
८) घरि रसिको, घरि डोरीको, घरि कपडाको पासो लगाएको भन्ने र अस्वभाविक व्यवहार देखाउने गरेको ।
९) विगत केही वर्षदेखि मादक पदार्थ सेवन गरेर रातिमा प्राय कुटपिट गर्ने गरेको। हिजो पनि कुटपिट गरेको । यसबारेमा सुविनाले बहिनी प्रमिला र साथी सवितालाई जानकारी गराएको ।
१०) आफैले चलाएको रेष्टुरेन्टमा समेत बेलाबेलामा पत्नीलाई कुटपिट गर्ने गरेको । छिमेकी युवाहरूको भनाइ ।
११) आत्महत्याका बारेमा न कतै नोट, न कतै सूचना, न कतै कुनै संकेत र न कुनै व्यवहार नै देखाएको । बरु राति दस बजेसम्म टिकटक बनाएको । माइतीमा अरु बेलाजस्तै कुरा गरेको र बाबुलाई (२ वर्षको छोरा) खासै सञ्चो नभएको बताएको ।