संरक्षण समितीको नियमित बैठक सम्पन्न

मेचीकाली संवाददाता

३१ जेष्ठ २०७९, मंगलवार
361 shares

पार्वती आचार्य
कपिलवस्तु । जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजनाले निर्देश गरे अनुरुप संरक्षण समितीको नियमित बैठक जिल्ला प्रशासन कार्यालय तौलिहवामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजना तथा सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहयोगमा बैठक सम्पन्न गरिएको हो ।

बैठकमा संरक्षण समितीमा अवद्ध बिभिन्न संघ संस्थाहरुले ०७८ श्रावण देखि ०७९ जेठ सम्म विपन्न वर्ग, महिला, बालबालिका, आपाङ्गता भएका व्यक्ती, जेष्ठ नागरिक, सिमान्तकृत समुदाय लगाएतका क्षेत्रहरुलाई बिभिन्न दैवि प्रकोप पर्दा संरक्षण क्षेत्रलाई गरिएको सहयोगको बिषयमा सहजीकरण तथा छलफल गरिएको थियो । साथै आगामी बर्षकालागि विपद व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बिषयमा आधारित रहेर जोखिम न्यूनिकरण गर्न सकिन्छ भन्ने योजनाको बिषयमा छलफल गरिएको थियो ।

संरक्षण समितीमा आवद्ध बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु समन्वय अधिकारी भुमिराम पोख्ररेल , जिल्ला प्रहरी कार्यालयका एसपी दान बहादुर कार्की, महिला, बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रका प्रमुख शैलेस्वरी बोहरा, गैरसरकारी सस्थाका अध्यक्ष प्रविण कुमार श्रीवास्तव, सिद्धार्थ सामाजिक बिकास केन्द्रका पुर्व अध्यक्ष तेज प्रसाद आचार्य, इन्सेक प्रतिनिधी पार्वती आचार्य, कालिका स्वावलम्वनका रामेन्द्र रावल, नेपाल रेडक्रसका बसन्त आचार्य, लगायतका प्रतिनिधीहरुले एक बर्ष सम्म संरक्षण क्षेत्रलाई शिक्षा, स्वास्थ्य, खाद्य लगाएतको क्षेत्रमा सहयोग गरिएको कार्यहरुको प्रस्तुत गर्नु भएको थियो ।

बैठकका बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले विपदमा परेका ब्यक्तिहरु, लक्षित समूह र लक्षित परिवार सम्म सहज रुपमा कसरी पुग्न सकिन्छ भन्ने बिषयमा सबैले हातेमालो गर्न आवश्यक भएको बताउनु भयो । साथै संरक्षण क्षेत्रमा राहत बितरण गर्दा संघ संस्थाहरुले समिकरण गरेर जिल्ला प्रशासन कार्यालय मार्फत राहत बितरण गर्नुपर्नेमा बताउनुभयो ।

समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा सिद्धार्थ सामाजिक बिकास केन्द्रका सल्लाहकार पोम नारायण पौडेलले बैठकको सहजीकरण गर्नु भएको थियो ।