गार्गी एकेडेमीमा नमुना मतदान

मेचीकाली संवाददाता

३ असार २०७९, शुक्रबार
509 shares

बुटवल । बुटवल–११ देविनगरस्थित गार्गी एकेडेमीमा शुक्रबार नमुना मतदान सम्पन्न भएको छ । विद्यालय तहबाटै विद्यार्थीलाई प्रजातान्त्रिक पद्धतीबाट निर्वाचन प्रक्रियाको बारेमा जानकारी दिने उद्देश्यले गार्गी बाल क्लबको निर्वाचन सम्पन्न गरिएको एकेडेमीका प्राचार्य भुवन अधिकारीले जानकारी दिए ।
बाल क्लबको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदका लागि मतदान भएको थियो । निर्वाचन प्रक्रियामा अपनाउने सम्पूर्ण चरणहरु पूरा गरिएको थियो ।
उम्मेदवार विद्यार्थीहरुले जेठ २६ गते उम्मेदवारी दर्ता गरेका थिए भने २९ गते मतदाता नामवली प्रकाशन र ३० गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको थियो । मतदानमा कक्षा ६ देखि १० सम्मका ६२७ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाले विद्यालय तहबाट यस्ता किसिमका प्रजातान्त्रिक परिपाटीबाट विद्यार्थीहरुलाई निर्वाचनको विधी प्रक्रियाबारे जानकारी हुने बताए । त्यस्तै विद्यालयका प्राचार्य अधिकारीले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारीक ज्ञान प्रदान गर्दै आएको बताउँदै निर्वाचनको समग्र पक्रियाबारे बुझ्न यो निर्वाचन कोशेढुंगा बन्ने धारणा व्यक्त गरे ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक भीमबहादुर चौधरी निर्वाचन अधिकृत बनेका थिए । विनय पटेलको संयोजनमा सम्पन्न निर्वाचनमा तहगत संयोजक समिर अधिकारी, विष्णु सुवेदीलगायत शिक्षकहरुले सहयोग गरेका थिए ।