पाल्पामा जनप्रतिनिधीहरुलाई प्रेस चौतारीद्धारा सम्मान

मेचीकाली संवाददाता

४ असार २०७९, शनिबार
452 shares


नेत्र गैरे

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले प्रेस चौतारीका सदस्य बाट स्थानिय तहमा निर्वाचित र नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधीहरु लाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
सदरमुकाम तानसेनमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितीका नव निर्वाचित प्रमुख टंकनाथ खनाल, उप प्रमुख काशिका गैरे, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरी प्रसाद पाठक, तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रम्भा गाउँपलिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, उपाध्यक्ष विष्णु कुमारी लुङ्चे, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ लाई सम्मान गरेकोे हो ।

यसैगरी प्रेस चौतारी बाट जनप्रतिनिधीमा निर्वाचित हुनु भएका तानसेन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सोमनाथ अर्याल, वडा नंं ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल, बगनासकाली वडा नं. ५ का वडा अध्यक्ष ओमप्रकाश गैरे, बगनासकाली कार्यपालिका सदस्य गिता रेग्मी, पुर्वखोलाका भवन सिंह सिंजाली लाई सम्मान गरेको छ ।
सबै सम्मानित जनप्रतिनिधीहरु लाई नेकपा एमालेका पोलिटिव्युरो सदस्य ठाकुर गैरे, जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष कृष्ण कार्कीले टिका, माला र दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रमा नेकपा एमाले पोलिटिव्यरो सदस्य एवं पाल्पा इन्चार्ज ठाकुर गैरेले जनता समक्ष गरेका प्रतिवद्धता पूरा गर्नेगरि ५ बर्ष भित्र काम गर्न निर्वाचित जनप्रतिनिधीहरु लाई आग्रह गरेका छन । उनले विकास निर्माण, कानुनी राज्य स्थापना गर्ने, भष्ट्रचार मुक्त, सुसासन युक्त जिल्ला बनाउन, बसाई सराई रोक्न, उत्पादन बढाउन, रोजगारी बढाउने गरी काम गर्न जनप्रतिनिधीहरुलाई अनुरोध गरेका छन । देशमा अहिले डरलाग्दो गरी बिदेशी हस्तक्षेप बढ्दै गएको, गठवन्धन सरकारकै कारण मुलुकमा अन्याय, अत्याचार, भष्टा«चार, महङ्गी बढेको नेता गैरेले बताए । गठवन्धन सरकार जति दिन सत्तामा रहन्छ त्यो जनताको लागी प्रशव पिडा भएको नेता गैरेले बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले नेकपा एमाले पाल्पामा पहिलो पार्टी भई जनताको सेवामा जुटेको बताए । एमाले पाल्पाले जिल्ला समन्वय सहित ६ पालिका प्रमुख र ५ वटा उप प्रमुखमा विजयी भएका जनतप्रतिनिधीहरु लाई जनताको चाहाना अनुसार काम गर्न अध्यक्ष घिमिरे अनुरोध गरे । पाल्पालाई समुन्नत जिल्ला बनाउन, विकास निर्माण जोड, शुसासन, भष्ट्रचारमुक्त बनाउन प्रेस चौतारी लाई जनप्रतिनिधीहरुको खवरदारी गर्न जिल्ला अध्यक्ष घिमिरेले अनुरोध गरे ।
जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टंकनाथ खनालले जनप्रतिनिधीहरुले गरेका कामलाई पारदर्शी बनाउने काम पत्रकारहरुको रहेको बताउदै जिल्लाका सबै पालिकासंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारीले जनताको घरदैलो पुगी जनता समक्ष गरेको प्रतिवद्धता, घोषणापत्र अनुसारको काम जनताले दिएको भावना र संविधान दिएको अनुसार काम गर्ने जनप्रतिनिधीहरु लाई सुझाव दिए । प्रेस चौतारी नेपाल लुम्विनी प्रदेशका सहइन्चार्ज कमलराज तिमिल्सीनाले अहिले चौतारीले राम्रो काम गर्नुुस, जनताको काम गर्नुुस भनेर सम्मान गरेको आगामी ,दिनमा जनप्रतिनिधीहरुले राम्रो काम गरे सम्मान गर्ने अन्यथा बिरोध गर्ने बताए ।
बरिष्ट पत्रकार मेघराज शर्माले जनताको आशा, भरोसा, विश्वास दिलाउने गरी काम गर्न जनप्रतिनिधी अनुरोध गर्दै जनप्रतिनिधीहरुले गरेको विकास जनता सम्म लैजाने काम पत्रकारले गर्ने भएकोले सहकार्य गरेर काम गर्न अनुरोध गरे ।

सम्मान कार्यक्रममा माथाँगढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी सम्मान स्वरुप मायाँले विकासप्रती समाजप्रती, शुसासन,पारदर्शी हुन थप टेवा पुगेको बताए । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले पाल्पाका ६ वटा पालिका जिताउन संचारमाध्यमको माध्यमबाट सहयोग पुगेको बताईन । बगनासकाली गाउँपालिकाले पत्रकारहरुको सुझाव सल्लाह अनुसार काम गर्ने अध्यक्ष चिदीले बताईन ।
तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ पत्रकार र जनप्रतिधीहरु नङ र मासुको सम्वन्ध रहेको अवस्थामा आगामी दिनमा सहकार्य गरेर काम गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको , नागरिकहरुले परिवर्तन खोजेकै कारण स्थानीय सरकारको अवधारण आएको बताए । सिंहदरवारको अधिकार जनताको घरदैलो पुर्याउने काम स्थानीय सरकारले गर्ने, जनता सूचना पुर्याउने काम पत्रकारहरु बाट सहयोग हुनुपर्ने अध्यक्ष थापाले बताए ।
रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जनताको घरदैलोमा पुगेर प्रतिवद्धता गरेका कुराहरु लाई निति तथा कार्यक्रममा समावेश गर्ने काममा आफुहरु जुटेको बताए । हामिले गरेका राम्रा सकारात्मक कुराहरु प्रेस मार्फत जनता समक्ष पु¥याएर हाम्रो काममा उर्जा थप्ने गरेको बताए ।

नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँश आत्रेयले पाल्पामा एमाले शक्ति विगतको तुलनामा बलियो बन्दै गएको बताए । कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष राजेश कुमार अर्याल आफु विगतमा पत्रकार रहेको र पत्रकारहरुको भावना समस्या बुझेकोले सोही अनुसार सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति न्यौपाने, स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराईले पत्रकारमैत्री भएर काम गर्न जनप्रतिनिधीहरु संग अनुरोध गरेका छन ।

प्रेस चौतारी नेपाल पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा उपाध्यक्ष बन्दना पोखरेलको स्वागत र सचिव नारायण न्यौपानेको संचालनमा भएको थियो । यसै अवसरमा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एव एमाले नेता तुल बहादुर अधिकारीले प्रेस चौतारी नेपाल पाल्पा शाखाको लागि पत्रकारिता अक्षयकोषको लागि ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरिदिएका छन । अधिकारीले धर्मपत्नी प्रतिक्षा अर्याल अधिकारीको सम्झनामा प्रेस चौतारी पुरस्कार अक्षयकोष स्थापना गरिदिएका हुन । केन्द्रिय सदस्य अधिकारीले आगामी ५ बर्षमा अक्षयकोष बढाएर १ लाख ५ हजार ५ सय ५५ रुपैया पु¥याउने घोषणा समेत गरेका छन ।