रुपन्देही स्थित शुद्दोधन गाउपालिकाको बजेट ६३ करोड ८४ लाख सार्वजनिक

मेचीकाली संवाददाता

१० असार २०७९, शुक्रबार
383 shares

तुलसीराम पौडेल –
फर्साटिकर, आषाड ९
रुपन्देहीको शुद्दोधन गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को कुल बजेट ६३ करोड ८४ लाख ८ हजार रुपैया सार्वजनिक गरेको छ। जस अन्तरगत आर्थिक विकास तर्फ २ करोड १६ लाख ,सामाजिक विकास तर्फ ४ करोड ६० लाख ५५हजार ,भौतिक पुर्वधार विकास तर्फ १० करोड २८ लाख ।यसमा गाउपालिकाको शाखागत ,संघिय सरकार र लुम्बिनी प्रदेश सरकारको बजेट समेत गर्दा १९ करोड ८० लाख ६५ हजार हुन आउँछ ।
बन बाताबरण तथा विपद व्यवस्थापन ,नदि नियन्त्रण तर्फ १ करोड १५ लाख ५५ हजार , सस्थागत विकास तथा सुशासन तर्फ रु ८२ लाख ९० हजार ,सामाजिक सुरक्षा तर्फ रु १० करोड ,चालू खर्च रु ९ करोड ,१५ लाख ५८ हजार विनियोजन गरिएको छ।

बजेट तर्जुमा समिती संयोजक तथा शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्ता देवि ज्ञवालिले गाउँ पालिकाको ११ औ गाउँ सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।” शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटन र पुर्वाधार ,सुशासन ,समृद्धि शुद्दोधन गाउँपालिकाको मुल आधारलाई सार्थक बनाउनु बजेटको दीर्घकालीन सोच रहेको छ।बजेटका मुख्य उद्देश्यहरु ब्याबसायिक कृषि पेशालाई अवलम्बन गर्दै नागरिकलाई आत्मनिर्भर तर्फ उन्मुख बनाउनु ,गुणस्तरीय शिक्षामा जोड दिने ,स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदै लैजानु ,भौतिक पुर्वाधार विकासमा प्राथमिकता दिदै गुणस्तरीय विकासमा जोड दिनु ,आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण तर्फ जोड दिनु, खेलकुद विकासलाई जोड दिनु,,विपद व्यवस्थापनलाई प्रभावकारी बनाउने साथै बाताबरण संरक्षण र स्वच्छ खानेपानी सरसफाइ सम्बन्धि कार्यक्रम कार्यान्वयनमा जोड दिनु,,राजस्वका दायराहरु फराकिलो बनाउदै आन्तरिक आयका नया क्षेत्र पहिचान गर्नु ,लगायत रहेका छन् ।आर्थिक वर्ष ०७९/०८० का बजेटका मुख्य विशेषताहरु अन्तरगत गाउपालिका अन्तरगत अति विपन्न असहाय व्यक्तिहरूलाई संघिय सरकारले तोकेको असाध्य कडा रोग,मुटु रोग ,मृगौला रोग ,क्यान्सर लगायतका रोगहरुका लागि तोकेको अस्पतालमा उपचार्थ रहेकोे अवस्थामा गाउपालिकाबाट आर्थिक सहायता गर्ने कार्यलाई निरंतरता गरिएको छ।गुणस्तरीय भौतिक पुर्वधार नै समृद्धिको आधार हुनाले पुर्वधार विकासका क्षेत्रहरू सडक सन्जालको विस्तार टोल बस्तिसम्म गर्न बजेटको व्यवस्था गरिएको छ।गाउँ पालिका स्तर र वडा स्तर गरि पुर्वाधार विकासमा रु १२ करोड ५६ लाख ५० हजार विनियोजन गरिएको छ। वडा बाट संचालन गरिने वडास्तरिय योजना तथा कार्यक्रमका लागी प्रत्येक वडाका लागि १ करोडका दरले ७लाख छुट्टाइएको छ।लुम्बिनी प्रदेश सरकारबाट स सर्त अनुदान ,समपुरक अनुदान र विशेष अनुदान गरि रु २ करोड ६० लाख पुजिगत र ३० लाख चालू गरि जम्मा २ करोड ९० लाख उपलब्ध भएको छ जुन प्रदेश सरकारको कार्यविधी र निर्देशन अनुसार प्रभावकारी रुपमा कार्यनयन गरिनुपर्नेछ।कृषि क्षेत्रको व्याबसायीकरण ,विविधीकरण ,आधुनिकरण र यान्त्रीकरण गर्दै लैजान कृषि र पशु विकास क्षेत्रमा सशर्त समेत गरि रु २ करोड ५० लाख बजेट व्यवस्थापन गरिएको छ।शिक्षामा सशर्त र गाउपालिकाबाट विनियोजित बजेट समेत गरि कुल १६ करोड ३८ लाख २३ हजार बजेट विनियोजन गरिएको छ।

स्वास्थ्यमा स शर्त अनुदान र गाउपालिकाबाट विनियोजित समेत गरि कुल रु ३ करोड ९७ लाख विनियोजन गरिएको छ।गाउपालिकामा हरियाली प्रवर्द्धनका लागि ५० लाख ,खानेपानी सरसफाइका लागि १३ लाख आन्तरिक र २ लाख स शर्त गरि १५ लाख विनियोजन गरिएको छ।विभिन्न लक्षित वर्गका लागि २० लाख विनियोजन गरिएको छ। सामुदायिक कोष तर्फ १५ लाख विनियोजन गरिएको छ।