सियारीको बजेट ७० करोड २ लाख

मेचीकाली संवाददाता

११ असार २०७९, शनिबार
364 shares


तुलसीराम पौडेल —
सियारी, आषाड १०
रुपन्देहीको सियारी गाउँपालिकाको ११ औं गाउँ सभा सम्पन्न भयो। सम्पन्न ११ औं गाउँ सभामा आर्थिक वर्ष २०७९/०८० को लागि कुल रु ७० करोड २ लाख २४ हजार रहने गरि सन्तुलित बजेट पारित गरिएको छ।जसमध्ये चालुतर्फ रु ३७ करोड ११ लाख १९ हजार ( ५३%) र पुजिगत तर्फ रु ३२ करोड ९१ लाख ५ हजार (४७%) पारित गरिएको छ। बजेटका आम्दानी स्रोतहरु अन्तरगत आन्तरिक आय रु ९ करोड ,घर जग्गा रजिस्टेसन दस्तुर रु १ करोड ५० लाख ,संघिय सरकार वित्तीय हस्तान्तरण रु ४३ करोड १३ लाख ,प्रदेश सरकार वित्तीय हस्तान्तरण रु ३ करोड ६८ लाख २४ हजार ,राजस्व वाडफाडवाट प्राप्त रकम रु १० करोड ४७ लाख १९ हजार ,वन रोयल्टी रु ५ लाख ,आर्थिक वर्ष ०७८/०७९ को बैंक मौज्दात रु २ करोड १८ लाख ८१ हजार जम्मा रु ७० करोड २ लाख २४ हजार ।यसमा सामाजिक सुरक्षा बापतको अनुमानित रकम रु १६ करोड ८१ लाख जोड्दा जम्मा बजेटको आकार रु ८६ करोड ८३ लाख २४ हजार हुन जान्छ ।
सियारीले कृषिलाई आर्थिक समृद्धिको मेरुदण्ड मान्दै ” व्याबसायिक कृषि पेशा अवलम्बन गरौं आत्मनिर्भर बनौं भन्ने उद्देशका साथ कृषिलाई आधुनिकरण ,व्याबसायीकरण तथा बजारीकरण गराउन व्याबसायिक तथा साना कृषकहरुलाई अनुदानको व्यवस्था मिलाउन आवश्यक बजेटको व्यवस्था गरेको छ। सियारिले कृषकहरुलाई उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिएको छ।
किसानले उत्पादन गरेको दुधमा प्रती लिटर रु २. ५० ( दुई रुपैया पचास पैसा ) को दरले श्रावण १ गतेबाट लागू हुने गरि अनुदानको व्यवस्था मिलाएको छ।
त्यसै गरि १० कट्टा भन्दा कम भएका किसानको लागि माछा उत्पादनमा प्रती किलो रु ५ रुपैयाँको दरले अनुदान दिने भएको छ।सियारी बासिको लागि स्वच्छ खानेपानीको लागि ५००० लिटर सम्मको पानी निशुल्क गरेको छ।
अस्पतालमा विरामी भएका तथा रगतको आवश्यक भएका सियारी बासीको लागि निशुल्क रगतको व्यवस्था भएको छ।जेष्ठ महिनादेखि नै यो सुविधा कार्यान्वयन आइसकेको छ।भैलो भुज अन्तरगत संचालनमा रहेका पम्पबाट सिचाइ सुविधा लिने कृषकहरुलाई रनिङ्ग चार्जमा ५०% अनुदान उपलब्ध गराउनका लागि रु १५ लाख विनियोजन गरिएको छ।५०%लागत साझेदारीमा कृषक समुहलाई भैंसी पालन व्याबसाय संचालनका लागि २५ लाख विनियोजन गरिएको छ।सियारी गाउँपालिकाको तिनाउ तथा दानव नदि क्षेत्रका साथै अन्य सिमसार क्षेत्रमा बार्‍है महिना पाइनुका साथै गर्मी याममा पानीको खोजिमा यस क्षेत्रमा बसाई सरि आउने सारस संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ।मत्स्य जोनलाई प्रभावकारी परिचालन र छपियाको माछाको व्यापक प्रचार र सु – व्यबस्था मार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नीति अनुरुप छपिया चोकमा छपियाको पहिचान झल्कने गरि माछाको प्रतिमा स्थापना गर्न रु १० लाख बजेट विनियोजन गरिएको छ।स्थानीय पर्यटकलाई आकर्षित गरि विदाका दिन तथा चाडपर्वमा सियारी भित्रै रम्न रमाउने बाताबरण सृजना गर्न सुविधा सम्पन्न सियारी फन मार्क निर्माणका लागि सम्भाव्यता अध्यन र डिपिआर गर्नका लागि बजेट व्यवस्था गरिएको छ।आर्थिक वर्ष २०७९/०८० का लागि शिक्षा युवा तथा खेलकुदमा शशर्त अनुदान तर्फबाट रु १९करोड ६० लाख ,गाउँपालिकाबाट २ करोड ९९ लाख ७२ हजार ,प्रदेश सरकार सशर्त अनुदान तर्फबाट १५ लाख ,मुख्यमन्त्री शैक्षिक सुधार कार्यकमबाट ६० लाख र वडा तहबाट १ करोड १२ लाख ५५ हजार गरि कुल २४ करोड ४७ लाख २७ हजार रुपैया विनियोजन गरिएको छ। शिक्षाको बजेट कुल बजेटको ३४ प्रतिशत हुन आउँछ भने आन्तरिक तर्फ १० प्रतिशत हुन आउँछ।
निशुल्क र गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको नैसर्गिक आअधिकार रहेकोे कुरालाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७९/०८० का लागि स्वास्थ्य तथा पोषण तर्फ शशर्त अनुदानबाट रु ३ करोड २४ लाख ,गाउँपालिकाबाट रु १ करोड ८९ लाख ५ हजार ,वडा तहबाट ९ लाख ८८ हजार गरि कुल ५ करोड २२ लाख ९३ हजार रुपैया विनियोजन गरिएको छ।सियारी गाउँपालिका वडा नम्बर ४ छपियामा १५ शैयाको अस्पताल निर्माणका लागि निर्माण व्याबसायी छनौट भैसकेकोले संघिय सरकारको समन्वयमा आवश्यक बजेट व्यवस्थापन गरि समयमै निर्माण सम्पन्न हुने व्यवस्था मिलाइने छ।गाउँपालिकाबाट एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन उचित मापदण्ड तथा कार्यविधि बनाई स्वास्थ्यकर्मीको सिफारिसका आधारमा गर्भवती महिला ,असाध्य रोग लागेका विरामी ,७० बर्ष माथिका जेष्ठ नागरिक ,अति अशक्त क र ख वर्गका परिचय पत्र भएका अपांग लगायतलाई रुपन्देही जिल्लाभरी निशुल्क र अन्य विरामिलाई न्युनतम शुल्कमा सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ।सियारी गाउँपालिका भित्र स्थायी बसोबास भएका सुत्केरी महिलाहरुलाई कार्यविधी बनाइ श्रावण १ गतेदेखि कार्यान्वयन गर्ने गरि ” उपाध्यक्ष सहितको सुत्केरी महिलालाई पोषण सामाग्री तथा शिशु स्वागत कार्यक्रम संचालन गर्न रु १५ लाख बजेट विनियोजन गरिएको छ।७० बर्षमाथी जेष्ठ नागरिक ,अति अशक्त क र ख बर्गको परिचय पत्र भएका अशक्त लगायतलाई घरदैलो उपचार कार्यक्रम संचालन गर्न रु १३ लाख बजेट विनियोजन गरिएको छ।सियारी गाउपालिका भित्रका नागरिकहरुलाई ब्लड आवश्यक परेमा सरल र सहज तरिकाले नि: शुल्क रूपमा ब्लड बैंक उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरिएको छ।
गाउँ सभा सियारी गाउपालिका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य निर्मला मुडभरी भट्टराईको प्रमुख आतिथ्यता, शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
गाउपालिका उपाध्यक्ष तारा चौधरीको अनुमतिमा वडा नम्बर ७ का वडा अध्यक्ष दिपक कुमार शाहिबाट बजेट प्रस्तुत , प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेबाट कार्यक्रम बारे जानकारी रहेकोे कार्यक्रमको संचालन लेखा शाखा प्रमुख नारायण प्रसाद पौडेलले गर्नुभएको थियो ।