मायादेवी गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारीत

मेचीकाली संवाददाता

१२ असार २०७९, आईतवार
491 shares

तुलसीराम पौडेल —-
मायादेवी , आषाड १०
रुपन्देही स्थित मायादेवी गाउँपालिकाको ११ औं गाउँ सभामा आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ। गाउपालिका अध्यक्ष एवं सभा अध्यक्ष ध्रुव नारायण चौधरीले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।नीति तथा कार्यक्रममा कृषि ,शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ।निति तथा कार्यक्रम अन्तरगत कृषिलाई आर्थिक समृद्धिको मेरुदण्ड मान्दै ” व्यावसायिक कृषि पेशा अवलम्बन गरौं ,आत्म निर्भर बनौं भन्ने उद्देशका साथ कृषिलाई आधुनिकरण ,व्याबसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिनेछ ।एक वडा एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन हुने किसिमको कृषि गतिविधि संचालन गरिनेछ।कृषि पेशालाई सम्मानित र व्याबसायिक बनाई कृषि आश्रीत जनताको जीवन स्तर सुधार गर्न तथा युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न कृषकहरूको तथ्यांक संकलन गरि निश्चित मापदण्डको आधारमा कृषकको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गर्ने कार्य शुरु गरिनेछ ।उत्कृष्ट उत्पादन तथा कृषक पशुपालनलाई पुरस्कृत सम्मान गरिनेछ ।” कृषक तथा उद्दमी ,आर्थिक विकासका सारथि ” भन्ने नारालाई साकार बनाउन उब्जाउ जमीन बाझो नराख्ने नीति अवलम्बन गरिने छ।फलफूल खेती कार्यक्रमलाई अभियानको रूपमा संचालन गरिने छ।कृषकलाई कृषि सिचाइ मिटर सिफारिस निशुल्क गरिनेछ।भुमिहिन तथा घरवारविहीन नागरिकहरुको लागि एकल तथा सामुहिक आवासको व्यवस्था गरिने छ।गुणस्तरीय शिक्षा ,मायादेवीको प्रतिबद्धता भन्ने नितिलाई अवलम्बन गरिनेछ। “अनिवार्य पठाउ ,सिकाउ र टिकाउ ” भन्ने अभियान सहित सामुदायिक ,धार्मिक विद्यालयहरुमा भौतिक पुर्वाधार विकास सग सगै गुणस्तरीय अभिवृद्धिमा जोड दिइने र राम्रो नतिजा ल्याउने विद्यालयहरुलाई पुरस्कृत तथा सम्मान गरिनेछ।कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जान नसक्ने अवस्थाका बालबालिकाहरुको लागि जनप्रतिनिधिहरु,कर्मचारीहरु ,शिक्षकहरू ,समाजका प्रतिष्ठित व्यक्ति ,समाजसेवीहरुबाट शैक्षिक अभिभाकत्व ग्रहण गरि विद्यालय पठाउने र टिकाउने नीति लिइनेछ ।कक्षा १ देखि ५ सम्मका विद्यालयहरुमा सुचना प्रविधि र नविनतम प्रविधिको विकासमा जोड दिइनेछ ।आमा र शिशुको स्वास्थ्यलाई ध्यान राखी बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुत्केरी गराउन प्रोत्साहन गरिनेछ।७० बर्ष माथिका जेष्ठ नागरिक , ,अति अशक्त क र ख वर्गको परिचयपत्र भएका अशक्त लगायतलाई घरदैलो उपचार कार्यक्रम संचालन गरी जेष्ठ नागरिक एवं अशक्तहरुलाई सम्मानित जिवनको अनुभुती गराउने निति लिइएको छ।मायादेवी गाउपालिकाभित्रका नागरिकहरुलाई ब्लड आवश्यक परेमा सरल र सहज तरिकाले निशुल्क रूपमा ब्लड बैंकहरुबाट उपलब्ध गराउने व्यवस्था लगायतका विभिन्न शिर्षकहरुमा जनमुखी नीति तथा कार्यक्रमहरु रहेका छन् ।