अनुसन्धानमुलक समाचार लेख्नुपर्नेमा जोड

मेचीकाली संवाददाता

१४ असार २०७९, मंगलवार
222 shares

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले पत्रकारहरुले अध्ययन गरेर अनुसन्धानमुलक समाचार लेखन र प्रसारण गर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रेस चौतारीमा आबद्ध सदस्यहरुले जबज, माक्सवाद र पार्टीको निती सिद्धान्तको गहन रुपमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।

अध्यक्ष शर्माले जननेता मदन भण्डारीको ७१ आंै स्मृती दिवसको अवसरमा प्रेस चौतारी नेपाल कपिलबस्तुले आयोजना गरेको जनताको वहुदलिय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तर सम्वादमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट आन्दोलनमा एक अलग किसिमको धारको सृजना भएको बताउर्दै विभिन्न मानव अधिकारको विषयलाई संरक्षण गर्ने विषयबस्तुहरुलाई समेत उठाउन गर्न आग्रह गरे ।

यसैगरी प्रेसचौतारीका केन्द्रिय सदस्य तथा प्रदेश सह इन्र्चाज पार्वती पाण्डेले समाजवादको आधार तयार गर्दै सुखि नेपाली समृद्ध नेपालको नारालाई साकार बनाउन समाज र राष्टलाई हित हुने विषयमा कलम चलाउनु पर्ने बताईन् । उनले प्रेश चौतारी बलियो खम्बा भएको बताउँदै संगठनमा आवद्ध संचारकर्मीहरुले पाटीको सिद्धान्तलाई अनुसरण गरेर समाचार सम्प्रेषण गर्न आग्रह गरिन् ।

यस्तै कार्यक्रममा पार्टीका जिल्ला प्रचार तथा प्रसार विभाग प्रमुख एल पि बेल्बासेले जबजको सिद्धान्त नेपाली जनतालाई हित हुने किसिमको रहेको बताए । उनले यस सिद्धान्तलाई मनन गरी जनतालाई फाईदा पुग्ने समाचार सम्प्रेषणमा प्रेस चौतारीका सदस्यहरुलाई पछि नपर्न आग्रह गरे ।

कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा प्रेस चौतारीका पुर्वअध्यक्ष भेषराज पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै मदन भण्डारीले प्रतिपादन गरेका सिद्धान्त देश, राष्ट, र जनताको जनजिविकाको सवालमा एकदम महत्वपुर्ण रहेको औल्याए । यस्तै प्रेस चौतारीका प्रदेश सदस्य पार्वती आचार्यले जनताको हित गर्ने बिषयलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रम प्रेस चौतारी जिल्ला अध्यक्ष जानु पाण्डेको अध्यक्षता, उपाध्यक्ष बाबुराम रायमाझीको स्वागत मन्तव्य तथा सदस्य सरिता थारुको संचालनमा सम्पन्न कार्यक्रममा प्रेस चौतारीमा आबद्ध सदस्यहरुको उपस्थीती रहेको थियो ।