मानव अधिकार समूहद्वारा राहत सामग्री सहयोग

मेचीकाली संवाददाता

१५ असार २०७९, बुधबार
381 shares

सुनिल आचार्य
कपिलवस्तु । इन्सेकसँग आवद्ध मानव अधिकार समूह बाणगंगाले एक परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।
समुहका अध्यक्ष ईन्दिरा पन्तको नेतृत्वमा बाणगंगा नगरपालिका ११ दक्षिण चेतिया स्थित ६१ वर्षिया घौघी थारुको परिवारलाई खाद्यान्यसहित अन्य सामग्री हस्तान्तरण गरिएको हो ।

चामल, दाल, नुन, खाने तेल, भुजा, चिउरा, बिस्कुट, चिनी, चियापत्ति, फलफुल, तरकारी लत्ताकपडा लगायतका सामग्री हस्तान्तरण गरिएको हो । उक्त सहयोग जुटाउन समूहका अध्यक्ष पन्तको समन्वयमा कपिलवस्तु उद्योग बाणिज्य संघबाट चामल, बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेस बहादुर के.सी., महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थ, भगवती शर्मा आचार्य, हरिना गाहा यसैगरी सन्तोष भुसाल, कुवेर हमालबाट तत्काल सहयोग संकलन गरिएको थियो ।

समूहका अध्यक्ष पन्त र इन्सेक प्रतिनिधीले लत्ताकपडा र खाद्यान्य लगायतका सामाग्रीहरु खरिद गरी उक्त सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरेक हुन् । उक्त पिडित वृद्ध महिलाका ४० वर्षिय १ छोरा, २ नाति १३ र ५ वर्षका छन्, २ नातिनी १२ र ७ वर्षका रहेका छन् । दैनिक गुजारा अर्काको घरमा काम गरी चलाएको छिमेकी टोल बिकास संस्थाका सदस्य जग बहादुर थारुले बताए ।

टोल बिकास संस्थाका सदस्य जग बहादुर थारु र कन्हैया थारुले पीडित परिवारका लागि राहत लिएर आएकोमा ईन्सेक मानव अधिकार समूहलाई धन्यवाद दिंदै अन्य बिभिन्न संघ संस्थाहरुले यस परिवारलाई सहयोग गर्न आग्रह गरेका छन् ।