नौ महिनादेखि ६१ वर्षिया घौघीको साथीः ‘बिच्छौना बिनाको खटिया’

मेचीकाली संवाददाता

१५ असार २०७९, बुधबार
453 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिका र इन्सेक मानव अधिकार समूहले नगरपालिकाको वडा नं. ११ स्थित दक्षिण चेतियामा अनुगमन गर्दा ६१ वर्षिया घौघी थारुको पारिवारिक अवस्था नाजुक अवस्थामा फेला पारेको पारेको छ । घौघी थारुको बिगत ९ महिना देखि बिच्छौना बिनाको खालि खटिया साथी भएको छ । उनको एक कोठे बास छ नत त्यो बासले घाम छेक्छ नत पानी नै छेक्छ वरिपरी ईट्टा लगाईएको छ छानो खपटाले छाईएको छ तर ति खपटाहरु जिर्ण अवस्था भएको कारण पानी र घाम छेक्न नसकेको अवस्था देखिएको छ ।

असार १४ गते बाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरीको संयोजकत्यमा महिला बालबालिका शाखाका प्रमुख शुसिला पन्थ र इन्सेकसंग आबद्ध मानव अधिकार समूहका अध्यक्ष ईन्दिरा पन्त सहितको टोली बाणगंगा नगरपालिकालाई बालश्रम मुक्त घोषणाका लागि अनुगमन गर्न जाँदा त्यो अवस्थामा भेटिएको थियो ।

त्यो छाना भित्रको कोठाको भूईमा छिपछिपे पानी छ त्यसै माथि बिस्तारा बिनाको एक खटिया ०७८ कार्तिक देखि उनको साथी बनेको छ । ति बृद्ध महिलाको ४० वर्षिय १ छोरा , २ नाती र २ नातिनी छन् । दिनभरी अर्काको घरमा काम गरेर र भैंसी र बाख्रा हेरी दिएपछि पाएको मजदुरीले बिहान साँझको समस्याहरु टार्दै आएका छन् हुँदा खान्छन् नहुँदा भोकै पनि बस्छन् छिमेकी चन्द्रा कुमारी थारु बताउँछीन ।

उनी जन्मदेखि नै बोल्न सक्दीनन् भने कान पनि सुन्दीनन् खटियाबाट उठ्न समेत सक्दीनन् । दिशा पिसाव लगाएको कपडामै हुन्छ । भोकको बेलामा खान छैन पियास लागेको बेलामा पानी पिउनु छैन । १२ बर्षिया नातिनी महिमा चौधरीले हजुर आमालाई खुवाउने र दिशा पिसाव धोई दिने गर्दा आफूले पढ्न नपाएको बताईन् । उनका दाजु १३ बर्षिय अमन थारुले अरुको भैसीं हेरेर बिहान साँझको भोक टार्दै आएका छन् ।

हेमराज माबिमा कक्षा ६ मा अध्ययन गर्दै आएका थारुलाई कपी , डट्पेन , पोषाक , झोला किन्न आफूसंग पैसा छैन अरुको पशुचौपायाको गोठालो गरेर पाएको केही पैसाबाट गुजारा चलाउँदै आएको बताउछन् । बिद्यालयमा भर्ना हुँदा लाग्ने फिस रु. २ सय रुपैंया बुवाले मजदुरी गरेर ल्याएर दिएपछि बल्ल बिद्यालयमा बुझाए अमन भन्छन् । पढ्ने चाहना त थियो तर के गर्ने आमाले पनि हामीहरुलाई छोडेर आर्को ठाउँजानु भयो उनले गहभरी आँसु लिंदै भने । कसैको सहयोग साथ र सपोर्ट पाएमा राम्रो संग पढ्ने उनको चाहना छ ।

यस्तै टोल बिकास संस्थाका सदस्य जंग बहादुर थारुले यो पीडित परिवारका लागि आवास र गासको समस्या छ त्यसैमाथि सौचालय नभएको बताए । यो परिवारलाई अहिले सम्म कोही पनि राहत लिएर सहयोग गर्न नआएको बताए । इन्सेक मानव अधिकार समूहले खाद्यान्य, लत्ता कपडा सहितको राहत लिएर आई यस पिडित परिवारको लागि केही दिनको समस्या समाधान गरिदिएको भन्दै धन्यवाद दिए ।

यसैगरी कन्हई थारुले यो परिवारको लागि पहिला टोल बिकास संस्थाले वडामा जानकारी दिए पनि सुनुवाई भएको थिएन् । अब सर्ब प्रथम त घरको मर्मत गर्न आवश्यक छ नगरपालिका, वडा कार्यालय र बिभिन्न संघ संस्थाहरुले यो परिवालाई गासवास सहितको सहयोग गरिदिन आग्रह गरेका छन् ।