मानव अधिकार समूह बाणगंगालाई सम्मान

मेचीकाली संवाददाता

१७ असार २०७९, शुक्रबार
230 shares

कपिलवस्तु । वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्नमा इन्सेक मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्बाह गरेको भन्दै बाणगंगा नगरपालिकाले प्रशंसा पत्रले सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य बिमला घिमिरे द्वारा समूहका अध्यक्ष ईन्दिरा पन्तलाई कार्यक्रममा सम्मान गरिएको हो । ११ वडा रहेको बाणगंगामा सबै वडालाई बालश्रम मुक्त गरेर सिंगो नगर बालश्रम मुक्त भएको नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताउनु भयो ।

नगरपालिकाले बालश्रम मुक्तका लागि चाहिने सबै सूचक पूरा भएसंगै बाणगंगालाई बालश्रम मुक्त नगर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । सरकारले विं.स. २०८२ सम्ममा सिंगो नेपाललाई बालश्रम मुक्त गराउने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरुप बाणगंगालाई शुक्रबार बालश्रम मुक्त गरिएको हो । बालश्रम मुक्त नगर घोषणको प्रतिवेदन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुसिला पन्थले प्रस्तुत गर्नु भएको थियो ।