निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पताल अध्यक्षमा खनाल

मेचीकाली संवाददाता

१८ असार २०७९, शनिबार
323 shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत कर्मचारीहरुको भेलाले नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सीता खनाललाई चयन गरेको छ । शुक्रबार भएको भेलाले संगठनको उपाध्यक्षमा विरोध पाण्डे, सचिवमा शुशिल ढकाल, सह सचिवमा भेषराज बन्जाडे, कोषाध्यक्षमा गुणकला खनाललाई चयन गरेको हो ।

त्यस्तै, संगठनको सदस्यहरुमा वसन्ती पाठक, दीपक थापा, नारायण रिमाल, दीपेन्द्र गिरी, माधविर सिंह कार्की, सुमिन्द्र अर्याल, कमल लामीछाने निर्विरोध निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन लुम्बीनी प्रदेश कमिटिका महासचिव नेत्र प्रसाद आचार्यले बताए । सम्पुर्ण निर्वाचितहरुलाइ नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उप महासचिव कृष्ण बहादुर केसीले पद तथा गोपनियताको सपथ खुवाउँदै सबै सदस्यहरु एकजुट भई अघि वढ्दा जुनसुकै शक्तिलाई पनि परास्त गर्न सक्षम हुने दावी गरे । उनले संगठनका सदस्यहरु हरदम रचनात्मक काममा लागिरहनु पर्ने र सेवा प्रवाहलाई चुस्त दुरुस्त पार्न सुझाव दिएका थिए ।

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य काशिराम आचार्य र नारायण प्रसाद भण्डारीले नेपाल निजामती कर्मचारी संगठन सरकारी निकायमा कार्यरत सबै खाले कर्मचारीहरुको छाता संगठन भएकोले यस संगठनमा आवद्ध भई कर्मचारीहरुको हक हित वृत्ति विकास लगायतका विषयहरुमा सामुहिक सौदावाजी गर्दै निश्पक्ष सेवा प्रवाहमा नमूना भई काम गर्न सम्पुर्ण कर्मचारीहरुलाई आव्हान गर्दै संगठनको ईतिहासदेखि हालसम्मका गतिविधिका सम्बन्धमा चर्चा गरेका थिए ।

नेकपा एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्य मेघदेव पन्तले नेपाल निजामती कर्मचारी संगठनले लोकतन्त्र प्राप्तिको लागि गरेको योगदानका सम्बन्धमा खुलेर प्रंशसा गर्दै कर्मचारीहरुका व्यक्तिगत गुनासाहरु सम्बोधन नहुन पनि सक्ने हुँदा सांगठनिक रुपमा संगठित भएर आवाज बुलन्द गर्दै लागेमा कर्मचारीहरुको वृत्ति विकास लगायतका विषयमा सम्बन्धित निकायको ध्यान पुग्नेछ भन्दै कर्मचारीहरुले सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउन सकेमा कर्मचारी प्रति समाजमा देखिएको वितष्णा कम हुँदै जाने कुरामा जोड दिए ।

संघठन रुपन्देहीका उपाध्यक्ष विष्णु खनालले स्वागतग गरेको कार्यक्रममा पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य रुपलाल पन्थी, आधिकारीक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष हरीप्रसाद खनाल लगायतले कार्यक्रम सफलताको शुभकामना दिए । कार्यक्रम उपाध्यक्ष ठानेश्वर वस्यालले सञ्चालन गरेका थिए ।