सिदार्थ बाल तथा महिला अस्पतालमा ‘मोबाईल चार्जिङ स्टेसन’ हस्तान्तरण

मेचीकाली संवाददाता

१९ असार २०७९, आईतवार
479 shares

बुटवल । पहिलो पाईला नेपाल बुटवलले सिदार्थ बाल तथा महिला अस्पतालमा मोबाईल चार्जिङ स्टेसन हस्तान्तरण गरेको छ । आपतकालिन अवस्थामा अस्पतालमा आउने बिरामीहरुको मोबाईलमा चार्ज नहुँदा समस्यामा पर्ने अबस्था नहोस भनेर चार्जीङ स्टेसन हस्तान्तरण गरिएको संस्थाका शाखा अध्यक्ष पारस मरासिनिले जानकारी दिए ।

शाखा अध्यक्ष मरासिनिको अध्यक्षता, अस्पतालका प्रमुख डाक्टर राजेन्द्र प्रसाद बस्यालको प्रमुख आतिथ्यता, अस्पलातका प्रशासकिय प्रमुख धुब्र श्रेष्ठ, आकास्मिक कक्ष प्रमुख श्रिकान्त सुवेदी लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै डा. बस्यालले संस्थाले सानोसानो सहयोग जुटाएर एउटा अस्पताल र अस्पतालमा आउने धेरै बिरामिहरुले राहत पाउने भन्दै खुसि व्यक्त गरे आउदा दिनहरुमा पनि सस्थासंग सहकार्य गर्ने प्रतिबद्वता जनाए । अध्यक्ष मरासिनिले अस्पतालसँग सहकार्य गर्न पाउँदा खुसि व्यक्त गर्दै अस्पताल र संस्थाको सम्बन्ध दुई भाइको रुपमा अगाडि बढाउन चाहेको बताए ।

संस्थाका सदस्य गौरव खनालको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहसचिव गोमा भट्टराईले गरेकी थिइन् । पहिलो पाहिला नेपाल सामाजिक क्षेत्रमा देखिने समस्या, बिभिन्न किसिमको शोषण, दमन अत्याचार, अन्याय बिरुद्ध उत्तरदायी र जिम्मेवार भई निरन्तर परिवर्तनको सोँच बोकेर अघि बढेको संस्था हो ।